arrow

चीनले कोरोना भाइरसको जानकारी लुकाएको चिनियाँ भाइरोलोजिस्टको खुलासा

चीनमा मारिने डरले अमेरिकामा आएर खुलासा गरेको लि मैगको भनाई

logo
एजेन्सी,
प्रकाशित २०७७ असार २८ आइतबार
chinese-virologist-Dr-Li-meng-yan.jpg

काठमाडौं। चिनियाँ भाइरोलोजिस्ट (विषाणुविद्) डा.लि मेंग यानले चीनले कोरोना भाइरस सम्बन्धी तथ्यहरु लुकाएको खुलासा गरेकी छिन्। उनका अनुसार कोरोना भाइरसको सूचना सुरुमा बाहिर आउनुभन्दा धेरै नै अघि चीनलाई यसबारे थाहा रहेको र उसले आफ्नो सुरक्षा अपनाइ अरुलाई यसबारेमा गुमराहमा राखेको बताएकी हुन्।

हङकङ जनस्वास्थ्य विश्वविद्यालयकी भाइरोलोजिस्ट एवं इम्युनोलोजिस्ट डा. यानले फक्स न्युजसँगको अन्तर्वातामा भनेकी छन्, ‘म अमेरिका आउनुको कारण कोभिड–१९को सत्य सूचना दिनका लागि हो।’ उनले कोरोनाबारेको यथार्थ कुरा चीनमै भनेको भए आफु त्यहाँ मारिने थिए भन्दै अमेरिका आएको बताएकी हुन्।

कोरोना भाइरसबारे शुरुमा अध्ययन गर्ने विश्वभरका वैज्ञानीकमध्ये एक रहेको भनिएकी डा. यानले सन् २०१९ मै विश्वविद्यालयको प्रयोगशालामा कोरोना भाइरस देखा परेको फक्स न्युजले उल्लेख गरेको छ। हङकङमा नै कोरोना भाइरस देखिएपछि विज्ञहरुले थप अनुसन्धान गर्न खोजेको तर चीनले रोकेको ती डाक्टरले बताएकी छिन्। यद्यपि अहिले उनी सम्पर्कमा रहेकी छैनन्।

चीनमा कयौं संक्रमितहरुले उपचार नपाएको यानले बताएकी छन्। उनले डब्लुएचओका सल्लाहकार प्रोफेसर मालिक पेरिसलाई समेत भाइरसबारे थाहा भएको तर, कसैले पनि कुरा बाहिर ल्याउन नखोजेको बताएकी हुन्।

‘मलाई थाहा थियो डब्लुएचओजस्ता भ्रष्ट संस्था र चिनियाँ जस्तो भ्रष्ट र शोषक कम्युनिष्ट देशले यसबारे कुनै कदम चाल्ने छैनन्।’ उनले भनेकी छिन्। यसबाहेक पनि चीनले कोरोना भाइरस सम्बन्धी थुप्रै किसिमको जानकारी लुकाएको आरोप लागेका छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ