arrow

चीनविरुद्ध पाकिस्तानमा प्रदर्शन

logo
एजेन्सी,
प्रकाशित २०७७ असार २९ सोमबार
pok-dam-protest.jpg

इस्लामाबाद। पाकिस्तानको मुजफ्फरावादका बासिन्दाहरुले पाकिस्तान र चीनको विरुद्धमा प्रदर्शन गरेका छन्। चीनले निलम र झेलम नदीमा अवैध बाँध बनाएपछि स्थानीयहरुले प्रदर्शन गरेका हुन्।

निमलुम झेलम र कोहला हाइड्रो पावरका लागि बनाइएको ड्यामको विरोधमा उनीहरु उत्रिएका हुन्। पाकिस्तान र चीनले बनाएको बाँधका कारण त्यहाँ प्राकृतिक विपत्ती सिर्जना हुने स्थिती रहेको छ। त्यसैकारण उनीहरु प्रदर्शनमा उत्रिएका हुन्।

सामाजिक सञ्जाल ट्विटरमा समेत ‘सेभरिभरसेभएजेके’ ह्यास्ट्याग अहिले ट्रेन्डिङमा रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ। निमार्ण नरोकेसम्म आफुहरुले प्रदर्शन जारी राख्ने प्रदर्शनकारीहरुले बताएका छन्।

मुजफ्फरावाद, जम्मु-कस्मिर अन्तर्गतको पाकिस्तानी शासित जिल्ला हो। भारत र पाकिस्तानबीच विवादित क्षेत्रको राजधानी समेत मुजफ्फरावाद हो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ