arrow

पाकिस्तानका हिन्दुहरु सुरक्षाको माग गर्दै पुगे जेनेभा

logo
प्रकाशित २०७७ असार २९ सोमबार
pak-minorities-geneva.jpg

काठमाडौं। पाकिस्तानमा रहेको हिन्दु समुदायमाथि चरम उत्पिडन, भेदभाव, दबाब हुने गरेपछि उनीहरुको पलायनको मात्र रोकिएको छैन। धार्मिक विभेदसँगै त्यहाँ रहेका हिन्दु समुदायका मानिसहरु अपहरण, हत्यालगायत यौनजन्य हिंसाको सिकार समेत भइरहेका छन्। अल्पसंख्यक हिन्दुहरुमाथि पाकिस्तानी सांसद एवं राजनीतिज्ञहरुले समेत दैनिकरुपमा घृणात्मक अभिव्यक्तिहरु दिइरहेका छन्।

यसबाहेक कट्टरपन्थी इस्लामीहरुले पाकिस्तानमा हिन्दु मन्दिर निर्माणको समेत विरोध गरेका छन्। उनीहरुले पाकिस्तानमा हिन्दु मन्दिर बनाउनु इस्लाम मूलुकको विरुद्ध रहेको भन्दै मन्दिर निर्माण गर्न दिएका छैनन्।

धार्मिक असहिष्णुता बढ्दै गइरहेको पाकिस्तानमा मुस्लिमहरुले केही दिनअघि सिन्धमा रहेको एक हिन्दु मन्दिरमा आक्रमण समेत गरेका थिए। पाकिस्तानी सरकारबाट संरक्षण र सुरक्षा पाएका नेताहरुकै संलग्नतमा उक्त मन्दिरमा आक्रमण भएको खुलेको छ।

पाकिस्तानमा मुस्लिम कट्टरपन्थीहरुले अल्पसंख्यक, हिन्दु, शिख, एवं क्रिश्चियनहरुमाथि आक्रमण गरेका घटनाहरु बारम्बार बाहिर आइरहेका छन्।

त्यहाँका मुस्लिम विचारधाराका सर्मथकहरु हिन्दु धर्मसँग बढी सरोकार राख्न खोज्छन्। यस कारण पनि त्यहाँ हिन्दुहरुमाथि बढी नकारात्मक दृष्टिकोण राखिने गरिन्छ। यसबाहेक भारतविरुद्धको क्रोधमा पनि जिहादीहरुले हिन्दुहरुमाथि हिंसा गरिरहेको रिपोर्टहरुमा उल्लेख छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पार्टीका नेता कार्यकर्ताहरु पनि यो कार्यमा संलग्न रहँदै आएका छन्।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक—ए—इनसाफका एक नेता आफैले एक पोष्टरमा पाकिस्तानमा अल्पसंख्यकहरुमाथि गरिने उत्पिडनको पर्दाफास गरिदिएका छन्। जसमा उनले अल्पसंख्यक धार्मिक समुदायका मानिसहरुलाई नीच र अपमानजनक खुला धम्की दिएका छन्।

जेनेभामा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले पाकिस्तानमा हिन्दुहरुमाथि चरम शोषण हुने गरेको बताएका छन्। हिंसाबाट बच्नका लागि कुनै आवाज उठाउनु पनि आफ्नै लागि घाटा हुने उनीहरुले बताएका थिए।

प्रदर्शनकारीहरुका अनुसार पाकिस्तानी सरकारी निकायहरुले समेत हिन्दुहरुमाथिको उत्पिडनका विषयमा बोल्दैनन्। प्रदर्शनकारीहरुले संयुक्त राष्ट्रसंघ र अन्य अन्तराष्ट्रिय संगठनहरुलाई पाकिस्तानमा आफ्नो सुरक्षाका लागि कदम चालिदिन आग्रह गरेका छन्। उनीहरुले हिन्दु समुदायमाथि हुने हिंसाको बचाउका लागि संवैधानिकरुपमा नै व्यवस्था गरिदिनका लागि विश्वसमुदायमा आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ