arrow

जलवायु परिवर्तन : पृथ्वीको औषत तापक्रम १.५ डिग्री नाघ्ने प्रक्षेपण

logo
एजेन्सी,
प्रकाशित २०७७ असार २९ सोमबार
earth-temperature.jpg

काठमाडौं। विश्व मौसमविज्ञान संगठनले पृथ्वीको तापक्रम सन् २०२४ भित्र १.५ डिग्री नाघ्नसक्ने बताएको छ। संगठनले ५ वर्षभित्र पृथ्वीको तापक्रमले जुनसुकै बेला पनि उक्त बिन्दु नाघ्नसक्ने चेतावनी दिइएको हो।

सन् २०१५ मा पेरिसमा भएको जलवायु सम्झौतामा यो शताब्दिमा पृथ्वीको तापक्रम १.५ डिग्रीभन्दा बढी हुन नदिने प्रतिवद्धता गरिएको थियो। यद्यपि आउँदो ५ वर्षभित्रै पृथ्वीको औषत वार्षिक तापक्रम १.५ डिग्रीभन्दा बढी हुने २० प्रतिशत सम्भावना रहेको विश्व मौसम संगठनले जनाएको हो।

वैज्ञानीकहरुले पृथ्वीको तापक्रम १.५ डिग्रीभन्दा कम कायम राख्न सके निकै डरलाग्दो विपत्तीबाट बच्न सकिने बताएका छन्। मौसमविज्ञानी विश्व संगठनको बेलायत स्थित कार्यालयले नयाँ अध्ययन सार्वजनिक गर्दै यस्तो बताएको हो।

पृथ्वीको औषत वार्षीक तापमान नै १ डिग्री सेन्टिग्रेट बढिरहेको रहेको वैज्ञानीकहरुले बताएका छन्। आउँदा पाँचवर्षसम्म पनि तापमान यति नै या बढ्न सक्ने डर रहेको वैज्ञानीकहरुको भनाइ छ।

गत वर्षको डिसेम्बरको एक अध्ययनले पृथ्वीको तापक्रम १.५ डिग्री नाघ्ने सम्भावना १० प्रतिशत रहेको निश्कर्ष निकालेको थियो। तर, पछिल्लो नयाँ अध्ययनमा यो सम्भावना दोब्बर भएको छ।

विश्वका केही भुभागमा सामान्यभन्दा बढी तापमान बढेको छ। त्यस्तै आर्कटिकको तापक्रम समेत यो वर्ष दोब्बरले बढी हुने सम्भावना रहेको बताइएको छ।
यसबाहेक समुन्द्रि सतह बढेका कारण आउँदा ५ वर्षमा पश्चिम युरोपमा आउने आँधिको संख्या बढ्ने भविष्यवाणीसमेत मौसमवैज्ञानीकहरुले गरेका छन्।

कोरोना भाइरसको महामारीका कारण भएको लकडाउनले कार्बन्डाइअक्साइडको उत्सर्जनमा कमि ल्याएपनि यसले तत्काल तापमान वृद्धिको हकमा कुनै पनि असर नपार्ने मौसमविज्ञानीहरुले बताएका छन्।

लकडाउनका कारण कमी भएको कार्बन्डाइअक्साइड उत्सर्जनले जलवायु परिवर्तनका लागि काम नगर्ने विश्व मेट्रोलोजिक संगठन (डब्लुएमओ)का महासचिव प्रोफेस पेट्री तालसले बताएका छन्।

कोभिड–१९ को महामारीले विश्वलाई आर्थिक संकटमा धकेलेको छ। यद्यपि जलवायु परिवर्तको प्रकृयालाई न्युन गर्न नसकिएमा यस्ले शताब्दिसम्मकै लामो भयानक दिर्घकालीन असर पार्ने प्रोफेसर तालसले बताएका छन्।

यदि पृथ्वीको तापक्रम बढ्यो भने समुन्द्रि तटिय क्षेत्रहरु डुबानमा पर्नेछन्। पारिस्थितिक पद्यतीमा ठूलो असर पर्ने छ र वातावरिय विनास सिर्जना हुनेछ।
हामीले कार्बन उत्सर्जन कम नगरेसम्म औसत तापक्रम बढ्ने क्रम नरोकिने बिज्ञको दावी रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ