arrow

मृतकको संख्यामा उक्लियो मेक्सिको, बन्यो चौथो राष्ट्र

logo
प्रकाशित २०७७ असार २९ सोमबार
roman-catholic-church-mexico.jpg

मेक्सिको । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको सङ्ख्याको आधारमा मेक्सिको चौथो अग्रस्थानमा उक्लिएको छ । 

अधिकारीहरुले दिएको जानकारी अनुसार मेक्सिकोमा अहिलेसम्म कोरोनाका कारण ३५ हजारभन्दा बढीको मृत्यु भएको छ । 

जोन्स हकिन्स विश्वविद्यालयका अधिकारीहरुका अनुसार कोरोनाका कारण मेक्सिकोभन्दा धेरै अमेरिका, ब्राजिल र बेलायतमा मृत्यु भएको छ । यसअघि चौथो स्थानमा रहेको इटली मेक्सिकोपछि पाँचौँ स्थानमा पुगेको छ । 

मेक्सिकोका राष्ट्रपति एन्ड्रेज म्यानुएल लोपेज ओब्राडोरले महामारी नियन्त्रणका लागि सरकारले सकेसम्मका सवै प्रयास गर्दा पनि मृत्यु हुनेहरुको सङ्ख्या बढिरहेको बताए । 

पछिल्लो २४ घण्टामा देशका ३२ प्रदेशमा थपिएका सङ्क्रमितहरुको सङख्या भने नौ मात्रै रहेको पनि उहाँले बताए।

उप–स्वास्थ्यमन्त्री ह्युगो एलपेज जाटेलले देशभरी कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या बढेर आइतबारसम्ममा दुई लाख ९९ हजार ७५० पुगेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ