arrow

कोरोनाको उद्गम स्थल खोजी गर्दै डब्लुएचओको टोली चीनमा

logo
प्रकाशित २०७७ असार २९ सोमबार
china-corona-wuhan.jpg

बेइजिङ । कोरोनाभाइरसको उद्गम स्थलको खोजी गर्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का विज्ञहरु चीन आएका छन् ।  डब्लुएचओका दुई जना विज्ञ चीन आएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्निीले सोमबार पुष्टि गरेका छन् । 

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण सवैभन्दा पहिला चीनमा भेटिएकोले उनीहरु अध्ययनका लागि चीन आएका हुन् । 

दैनिक पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता हुआले अध्ययनका लागि आएका डब्लुएचओका विज्ञहरुले चिनियाँ वैज्ञानिक, चिकित्सा विज्ञ र सरोकारवालाहरुसँग छलफल गर्ने जानकारी दिए । 

“उनीहरुले हाम्रा विज्ञहरुसँग सम्वन्धित विषयमा प्रश्नहरु गर्नेछन् र हाम्रा विज्ञहरुले जानकारी दिनेछन्,” प्रवक्ता हुआले भने । डब्लुएचओका स्वास्थ्य विशेषज्ञहरुले यस्तै छलफलका लागि अन्य देशहरुमा पनि जान सक्ने उनले बताउनुभयो । 

“कोरोनाभाइरसको विकासका लागि विभिन्न देश तथा क्षेत्रहरुमा धेरै चरण पुरा गर्नु परेको डब्लुएचओले पनि विश्वास गरेको छ, त्यही चरणहरुका बारेमा पहिचान गर्न उनीहरु आएका हुन,” उनले भने ।  

धेरै ठाउँमा धेरै चरणबाट कोरोनाभाइरसको विकास भएकाले उनीहरु आवश्यकता अनुसार अन्य देशहरुमा पनि जानसक्ने उनले पत्रकारहरुलाई जानकारी दिए । 

यसअघि डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रयेससले अघिल्लो महिना भनेका थिए , “कोरोनाभाइरसको श्रोत के हो भन्ने कुरा पत्ता लगाउनु धेरै महत्वपूर्ण हुन्छ ।” 

यो विज्ञानसँग सम्वन्धित, सार्वजनिक स्वास्थ्यसँग सम्वन्धित विषय भएको, यसले सवैलाई प्रभावित पारेको र सरोकारको विषय भएकाले कसरी शुरु भयो, कहाँ उत्पत्ति भयो भन्ने कुरा पत्तालगाउनु पर्ने उनको भनाइ थियो । 

कोरोनाभाइरस पहिलो पटक गत बर्ष सन् २०१९ को डिसेम्बरमा चीनमा भेटिएको पुष्टि गरिएको थियो । त्यसपछि विश्वका धेरै देशहरुमा कोभिड–१९ को महामारी फैलिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ