arrow

६ प्रतिशतले बढ्यो चीन र रूसबीच व्यापार घाटा

logo
प्रकाशित २०७७ असार ३० मंगलबार
russia-china-1.jpg

मस्को । सन् २०२० को पहिलो त्रैमासिकमा चीन र रूसबीचको व्यापारिक कारोबार २० अर्ब ९४ करोड अमेरिकी डलर रहेको चिनियाँ भन्सार प्रशासनद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ । यो कारोबार गत वर्षको सोही अवधिमा भएको कारोबार रकमभन्दा छ प्रतिशतले कमी हो । 

त्यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा रूसी सामानको चीन निर्यातमा ३७ अर्ब ६० करोड अमेरिकी डलर बराबर कमी आएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.९ प्रतिशतको गिरावट हो । 

तथ्याङ्कअनुसार विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीचको व्यापारिक कारोबार जुन महिनामा मात्र आठ अर्ब १९ करोड रहेको छ । जसमध्ये चीनले रूसमा तीन अर्ब ९८ करोड अमेरिकी डलर बराबरको सामान निर्यात गरेको छ भने रूसले चीनतर्फ चार अर्ब २० करोड डलर बराबरको सामान निर्यात गरेको देखिएको छ । 

सन् २०१९ को अन्त्यमा रूस र चीनबीचको व्यापारमा अघिल्लो वर्षको तुलनामा ३.४ प्रतिशत अर्थात् एक खर्ब १० अर्ब अमेरिकी डलरले वृद्धि भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ