arrow

दुईलाखको हाराहारीमा संक्रमित

logo
प्रकाशित २०७७ असार ३० मंगलबार
bangladesh1.jpg

ढाका । बङ्गलादेशमा मङ्गलबारसम्म कोभिड–१९ संक्रमितको संख्या दुई लाखको नजिक पुगेको छ । बङ्गलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये आधाभन्दा बढी व्यक्ति निको भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा बङ्गलादेशमा थप तीन हजार १६३ व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका छन् । 

स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी नसीमा सुल्तानाले ढाकामा मङ्गलबार नियमित पत्रकार भेटमा भने, “देशभरी गत २४ घण्टामा तीन हजार १६३ जना संक्रमित बनेका र ३३ संक्रमितको मृत्यु भएकोे छ ।” विगत २४ घण्टाभित्र निको भई घर फर्किनेको संख्या चार हजार ९१० रहेको र अहिलेसम्म कूल संक्रमितमध्ये एक लाख तीन हजार २२७ जना निको भई घर फर्किएका उनले बताए । यसरी हेर्दा बङ्गलादेशमा कोभिड–१९ संक्रमण भई निको हुनेको संख्या ५४.३१ प्रतिशत रहेको छ ।

उनले भने, “मङ्गलबारसम्म कूल संक्रमितको संख्या एक लाख ९० हजार ५७ रहेको छ भने मृत्यु संख्या दुई हजार ४२४ रहेको छ ।” 

बङ्गलादेशमा कोभिड–१९ संक्रमित विरामीको मृत्युदर १.२८ प्रतिशत रहेको उनले बताए । बङ्गलादेशमा विगत २४ घण्टामा शङ्कास्पद १३ हजार ४५३ नमूना परीक्षण गरिएको थियो । 

अहिलेसम्मको तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा सबैभन्दा बढी संक्रमितको संख्या जुलाई २ मा चार हजार १९ रहेको र सबैभन्दा बढी मृत्यु संख्या जुन ३० मा ६४ व्यक्ति रहेको सुल्तानाले पुष्टि गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ