arrow

भारतमा थामिएन कोरोनाको संक्रमण, बने दुई रेकर्ड 

logo
प्रकाशित २०७७ असार ३१ बुधबार
corona-test-india.jpg

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) थामिने लक्षण लिएको छैन । मंगलबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भएका छन् । 

२४ घण्टामा अहिलेसम्मकै सर्वाधिक २९ हजार ९१७ जना थपिएका हुन् । भारतमा यो सबैभन्दा उच्च हो । एकैदिन यतिधेरै संक्रमितसंगै कुल संक्रमित ९ लाख ३७ हजार ५६२ जना पुगेका छन् । 

यीमध्ये २४ हजार ३१५ जनाको ज्यान गएको छ । मंगलबार मात्रै ५८७ जनाले ज्यान गुृमाए । त्यस्तै ५ लाख ९३ हजार ८८ जनालाई निको भएको छ । 

मंगलबार एकैदिन २० हजार ९७६ जनालाई निको भएको छ । यो पनि अहिलेसम्मकै सबैभन्दा बढी हो । 

सबैभन्दा बढी महाराष्ट्रमा ६ हजार ७४१ जना नयाँ संक्रमित थपिएर २ लाख ६७ हजार ६६५ पुगेका छन् । मृतक २१३ थपिएर १० हजार ६९५ पुगेका छन् । 

दोस्रो स्थानको तमिलनाडुमा ४ हजार ५२६ थपिएर १ लाख ४७ हजार ३२४ पुगेका छन् । मृतक ६७ थपिएर २ हजार ९९ पुगेका छन् । 

दिल्लीमा १ हजार ६०६ जना थपिएर संक्रमित १ लाख १५ हजार ३४६ पुगेका छन् । मृतक ३५ थपिएर ३ हजार ४४६ पुगेका छन् । 

मंगलबार कर्नाटकमा ८७ मृतक थपिएर ८४६ पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ