arrow

कोरोनाको महामारी बढेसंगै भारतका कुन कुन राज्यमा लाग्यो कडा लकडाउन ? 

logo
प्रकाशित २०७७ असार ३१ बुधबार
corona-india1.jpg

काठमाडौं । भारतमा पछिल्ला केही दिनदेखि कोरोना भाइरसको महामारी झन् बढेसंगै विभिन्न राज्यले कडा लकडाउन लगाएका छन् । 

मंगलबार एकैदिन अहिलेसम्मकै सर्वाधिक धेरै कोरोना संक्रमित भेटिएपछि लकडाउनलाई कडाइ गरिएको हो । बिहारका मुख्यमन्त्री नीतिश कुमारले राज्यमा १५ दिनसम्म पूर्ण लकडाउन लगाएका छन् । 

बिहारमा १६ जुलाईदेखि ३१ जुलाईसम्म पूर्ण लकडाउन लगाइएको छ । नेपालसंग जोडिएको बिहारमा मंगलबार एकैदिन १ हजार ४३२ संक्रमित थपिएका छन् । अहिलेसम्म १८ हजार ८५३ जना संक्रमित भइसकेका छन् । मृतक ९ जना थपिएर १४३ पुगेका छन् । 

पश्चिम बंगालमा ममता बेनर्जी सरकारले राज्यका सभै कन्टेनमेन्ट इलाकामा लकडाउन १९ जुलाईसम्म बढाएको छ । 

महाराष्ट्रमा पूणे र पिंपरी–चिन्चवाडमा जुलाई १४ देखि १८ जुलाईसम्म लकडाउन लागू रहने छ । 

उत्तरप्रदेशमा हरेक शनिबार र आइतबार लकडाउन हुनेछ । वाराणसीमा पाँच दिनसम्म (सोमबारदेखि शुक्रबासम्म) आधा दिनको लकडाउन हुनेछ । 

कर्नाटकमा बैंगलरुसमेत जोडेर दक्षिण कर्नाटकमा बुधबार रातिदेखि एक हप्तासम्म लकडाउन लागू हुनेछ । मानिसलाई घरबाट निस्कन प्रतिबन्ध लगाइएको छ ।  

बुधबार गृह मन्त्रालयले संसदीय स्थायी समितिको बैठक बोलाएको छ । देशभर बढ्दै गएका कोरोना संक्रमितका कारण गम्भीर फैसला गर्न उक्त बैठक डाकिएको हो । 

के छ भारतमा कोरोनाको अवस्था 
मंगलबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भएका छन् । 

२४ घण्टामा अहिलेसम्मकै सर्वाधिक २९ हजार ९१७ जना थपिएका हुन् । भारतमा यो सबैभन्दा उच्च हो । एकैदिन यतिधेरै संक्रमितसंगै कुल संक्रमित ९ लाख ३७ हजार ५६२ जना पुगेका छन् । 

यीमध्ये २४ हजार ३१५ जनाको ज्यान गएको छ । मंगलबार मात्रै ५८७ जनाले ज्यान गुृमाए । त्यस्तै ५ लाख ९३ हजार ८८ जनालाई निको भएको छ । 

मंगलबार एकैदिन २० हजार ९७६ जनालाई निको भएको छ । यो पनि अहिलेसम्मकै सबैभन्दा बढी हो । 

सबैभन्दा बढी महाराष्ट्रमा ६ हजार ७४१ जना नयाँ संक्रमित थपिएर २ लाख ६७ हजार ६६५ पुगेका छन् । मृतक २१३ थपिएर १० हजार ६९५ पुगेका छन् । 

दोस्रो स्थानको तमिलनाडुमा ४ हजार ५२६ थपिएर १ लाख ४७ हजार ३२४ पुगेका छन् । मृतक ६७ थपिएर २ हजार ९९ पुगेका छन् । 

दिल्लीमा १ हजार ६०६ जना थपिएर संक्रमित १ लाख १५ हजार ३४६ पुगेका छन् । मृतक ३५ थपिएर ३ हजार ४४६ पुगेका छन् । 

मंगलबार कर्नाटकमा ८७ मृतक थपिएर ८४६ पुगेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ