arrow

जिओ मिडिया ग्रुपका प्रधानसम्पादकलाई धरौटीमा रिहा गर्न अस्वीकार, मिडियालाई दमन गर्ने नीति

logo
प्रकाशित २०७७ असार ३१ बुधबार
mir-shakil.jpg

एजेन्सी । लाहोर उच्च अदालतले पाकिस्तानको सबैभन्दा ठूलो संचार संस्था जिओ मिडिया ग्रुपका प्रधानसम्पादक मिर साकि-उर रहमानलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ। इमरान खान नेतृत्वको सरकारले मिडियालाई दबाउने रणनीति अनुरुप रहमानलाई धरौटीमा रिहा गर्न समेत अदालतले समेत अस्वीकार गरेको जनाइएको छ।

पाकिस्तानको सबैभन्दा ठूलो मिडिया ग्रुप जंग तथा जीओका प्रधानसम्पादक रहमानलाई गत वर्ष प्रहरीले नियन्त्रणमा लिएको थियो । पाकिस्तानको भ्रष्टाचारिरुद्ध अनुसन्धान गर्ने निकाय एनएबीले रहमानलाई ३४ वर्षअघिको एक सम्पती खरीद गरेको कुरालाई गैरकानुनी ठहर गर्दै नियन्त्रणमा लिएको हो । 

पाकिस्तानका राजनीतिक व्यक्तित्वहरुको बारेमा अनुसन्धानमुलक पत्रकारीताको लागि जंग र जिओ मिडिया ग्रुप चर्चित रहि आएको छ। रहमान सो मिडिया ग्रुपको ३४ वर्षदेखि प्रधानसम्पादक रहि आएका छन्।

रहमानको पक्राउको पाकिस्तानको पत्रकारीता जगत र अन्तराष्ट्रिय पत्रकार महासंघ आईएफजेले विज्ञप्ती निकाली विरोध जनाएको थियो । अहिले पनि अदालतको आदेशविरुद्ध प्रदर्शनहरु भइरहेका छन् ।

आईएफजेले पाकिस्तानी पत्रकारहरुको संघीय युनियन पीएफयूजेसँग ऐक्यबद्धता जनाउँदै रहमानको पक्राउ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र कम्पनीमा काम गर्ने श्रमजिवीहरुको काम र अधिकारप्रतिको हस्तक्षेप भएको उल्लेख गर्दै गम्भिर चासो व्यक्त गरेको छ ।

एनएबीलाई देशको कानुन तथा आफ्नै नियम बिरुद्ध गएर पक्राउ नगर्न इस्लामावाद उच्च अदालतले दिएको आदेश बिरुद्ध गएर पक्राउ गरेकोमा पीएफयूजेले बिरोध गरेको छ ।

पक्राउ परेका सम्पादक रहमानले न्यूयोर्क टाइम्सलाई बताए अनुसार सरकारले मिडिया ग्रुपका सम्पादक, संवाददाताहरु र उत्पादकहरुलाई हटाउन दवाव दिएको अन्यथा मिडिया नियमक निकायको प्रयोग गरि टेलिभिजन च्यानल बन्द गर्न दवाव दिदै आएको थियो ।   

पीएफयूजेका महासचिव राना मोहमम्द अजिमले कानुन कार्यान्वयन गर्ने निकायलाई आफूहरुले कुनै दवाव नदिए पनि सो मिडिया ग्रुपमा काम गर्ने सबै पत्रकार र श्रमजीवीको हित रक्षाका लागि उभिने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ