arrow

संक्रमणको अवस्थामा आएन सुधार, यी देशको अवस्था विकराल

logo
एपी-एएफपी,
प्रकाशित २०७७ असार ३१ बुधबार
corona-virus-pandemic.jpg

पेरिस ।  विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण बुधबारसम्ममा मृत्यु भएकाहरुको संख्या पाँच लाख ८१ हजारभन्दा बढी पुगेको छ । 

त्यसैगरी कुल संक्रमितको संख्या पनि दिनप्रतिदिन बढेर एक करोड ३४ लाख ७१ हजार ८६२ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुल संक्रमितमध्ये ७८ लाख ६६ हजार २६५ जना भने संक्रमणमुक्त भइसकेका छन् । 

विश्वभरी संक्रमित भएकाहरुमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । कोरोनाका कारण मानवीय क्षति र संक्रमितको संख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ । 

अमेरिकामा बुधबारसम्ममा ३५ लाख ४५ हजारभन्दा बढी संक्रमित भएका छन् भने मृत्यु भएकाहरुको  संख्या एक लाख ३९ हजार १४५ रहेको छ । 

त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको मुलुक ब्राजिलमा १९ लाख ३१ हजार संक्रमित हुँदा ७४ हजार २६२ जनाको मृत्यु भएको छ । 

भारत तेस्रो धेरै संक्रमितको सूचीमा पर्दछ भने चौथो धेरै संक्रमित हुनेमा रुस रहेको छ । 

रुसमा बुधबारसम्ममा सात लाख ४६ हजारभन्दा बढी संक्रमित भएका छन् । रुसी अधिकारीहरुले कोरोनाका कारण देशभित्र मृत्यु भएकाहरुको संख्या ११ हजार ७७० पुगेको जानकारी दिएका छन् । 

त्यसैगरी पाँचौमा पेरु, छैठौँमा चिली, सातौंमा मेक्सिको, आठौँमा स्पेन, नवौंमा दक्षिण अफ्रिका र दशौँमा बेलायतमा धेरै संक्रमितहरु रहेका छन् । 

कतिपय देशहरुमा संक्रमित हुनेहरुको संख्यामा कमी देखिए पनि विश्वभरीको अवस्थामा सन्तोषजनक सुधार आउन नसकेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले चिन्ता व्यक्त गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ