arrow

भारतमा थपिए अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित, मृतक पनि बढे

logo
प्रकाशित २०७७ साउन १ बिहिबार
corona-india9.jpg

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । 

बुधबार २४ घण्टाको अवधिमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भएका छन् । बुधबार ३२ हजार ६०७ जना संक्रमित भएका हुन् । 

त्यसअघि मंगलबार २४ घण्टामा त्यतिन्जेल सम्मकै सर्वाधिक २९ हजार ९१७ जना थपिएका थिए । निरन्तर कोरोना संक्रमित बढ्दै गएपछि भारत सरकारले फेरि लकडाउनलाई अझ कडाई गर्ने जनाएको छ । 

विभिन्न राज्य सरकारहरुले पनि छुट्टै योजना ल्याएका छन् । 

भारतमा कुल संक्रमित ९ लाख ७० हजार १६९ जना पुगेका छन् । 

यीमध्ये २४ हजार ९२९ जनाको ज्यान गएको छ । बुधबार मात्रै ६१४ जनाको ज्यान गुमाएका छन् । यो ससंख्या दोस्रो ठूलो हो २४ घण्टाको अवधिमा । यसअघि एकैदिन एक पटक मात्र २००४ जनाको ज्यान गएको थियो । 

मंगलबार मात्रै ५८७ जनाले ज्यान गुमाएका थिए । 

त्यस्तै ६ लाख १३ हजार ७३५ जनालाई निको भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ६४६ जनालाई निको भएको छ । यो दोस्रो ठूलो संख्या हो । 

यसअघि मंगलबार एकैदिन २० हजार ९७६ जनालाई निको भएको थियो । यो आँकडा अहिलेसम्मकै सबैभन्दा बढी हो । 

सबैभन्दा बढी महाराष्ट्रमा ७ हजार ९ जना नयाँ संक्रमित थपिएर २ लाख ७५ हजार ६४० पुगेका छन् । मृतक २३३ थपिएर १० हजार ९२८ पुगेका छन् । 

दोस्रो स्थानको तमिलनाडुमा ४ हजार ४९६ थपिएर १ लाख ५१ हजार ८२० पुगेका छन् । मृतक ६८ थपिएर २ हजार १६७ पुगेका छन् । 

दिल्लीमा १ हजार ६४७ जना थपिएर संक्रमित १ लाख १६ हजार ९९३ पुगेका छन् । मृतक ४१ थपिएर ३ हजार ४८७ पुगेका छन् । 

बुधबार कर्नाटकमा ८७ मृतक थपिएर ९३३ पुगेका छन् । आन्ध्रप्रदेशमा ४४, उत्तर प्रदेशमा २९, पश्चिम बंगालमा २०, बिहारमा १४, जम्मु–कश्मीरमा ११ तथा गुजरातमा १० जनाको ज्यान गएको छ । 

पश्चिम बंगालको राज्य सरकारले कोरोना भाइरसबाट मृत्यु हुनेका परिवारका सदस्यले सरकारी जागिर पाउने छन् । 

बुधबार नेपालसंग सीमा जोडिएको राज्य बिहारका भाजपाका प्रदेश अध्यक्ष संजय जायसवाल कोरोना संक्रमित भएका छन् । योसंगै दुई दिनमा भाजपाको अफिसमा २५ जना पोजेटिभ पाइएका छन् । 

भारतमा कोरोना बिरामीको निको हुनेको दर ६३.२४ प्रतिशत रहेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ