arrow

बाँध बनाउने चीन र पाकिस्तान सरकारको निर्णयको बिरोधमा मुजफरावादमा प्रदर्शन

logo
प्रकाशित २०७७ साउन १ बिहिबार
pok-dam-protest.jpg

एजेन्सी। चीनले अवैधरुपमा पाकिस्तानको मुजफरवादमा रहको निलम र झेलुम नदीमा बाँध बनाएको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रिएका छन्। पाकिस्तान प्रशासित काश्‍मीरमा रहेको उक्त क्षेत्रमा चीनले स्थानीयहरुको विरोधका बाबजुद बाँध बनाइरहेको छ।

त्यसको विरोधमा मुजफरवादका स्थानीयहरुले व्यापक विरोध प्रदर्शन गरेका छन्। स्थानीय सञ्‍चारमाध्यमका अनुसार निलुम झेलुम र कोहाला जलविद्युत परियोजनामा अवैधरुपमा बाँध बनाएको विषयमा उनीहरुले यस सातादेखि आन्दोलन र प्रदर्शनहरु सुरु गरेका हुन्।

पाकिस्तान र चीनले बनाइरहेको उक्त बाँधले वातावरणीय असर पर्ने भन्दै विरोध गरिरहेका छन्। सामाजिक सञ्‍जाल ट्विटरमा #SaveRivesSaveAJK ह्यासट्यागसहित अभियान सुरु गरेका पाइएको छ। जुन पछिल्लो समय चर्चामा रहेको छ।

प्रदर्शनकारीहरुले भनेका छन्, "हामीले कोहाला जलविद्युत परियोजना त्यस क्षेत्रमा बन्नु हुँदैन भनेर आन्दोलन गरेका हौं। उक्त काम नरोकिएसम्म हाम्रो आन्दोलन जारी रहनेछ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ