arrow

विदेशमा चीनको नयाँ अप्रेसन ‘फक्स हन्ट’, कसका बिरुद्धको हो अभियान ?

कोरोनासम्बन्धी अनुसन्धान गरिरहेका अमेरिकि संस्थामाथि चिनियाँ आँखा : एफबीआई

logo
प्रकाशित २०७७ साउन १ बिहिबार
operation-fox-hunt.jpg

वाशिङ्टन। चिनियाँ गतिविधिमाथि निरन्तर आक्रामक रहँदै आएको अमेरिकाले चीद्दमाथि फेरि अर्को गम्भिर आरोप लगाएको छ। अमेरिकि सुरक्षा निकाय एफबीआईका निर्देशक क्रिस्टोफर रेले चीनले पछिल्लो पटक अमेरिकी स्वास्थ्य संस्था, फर्मास्टिक्युल कम्पनी र एकेडेमिक इन्स्टिच्युसनमा आँख गाडेको खुलासा गरेका छन्।

उनले करिब ५ हजार एफबीआई काउन्टरइन्टेलिजेन्स केसहरुको अनुसन्धान भइरहेको र ती केसहरु चीनसँग सम्बन्धित भएको जानकारी दिएका छन्। "हामी अहिले चीन-सम्बन्धित काउन्टर इन्टेलिजेन्स केसहरुको अनुसन्धानको बिन्दुमा पुगेका छौं। जहाँ हरेक १० घण्टामा एउटा नयाँ केस आउने गरेको छ," उनले भने।

चीन सरकारको जासुसी र सूचनाको चोरी, अमेरिकाको भविष्यका लागि अहिलेसम्मको सबैभन्दा ठूलो दीर्घकालीन खतरा भएको उनले बताएका छन् । उनले चीनले थुप्रै स्तरमा अभियान चलाइरहेको, विदेशमा बस्ने चिनियाँ नागरिकलाई निशाना बनाउन सुरु गरेको, उनीहरुलाई फिर्ता हुन बाध्य बनाएको र अमेरिकाको कोरोनाभाइरस माथिको अनुसन्धानलाई कमजोर बनाउन कोसिस गरेको आरोप लगाएका छन्।

क्रिस्टोफरले भने, "यो सबैभन्दा ठूलो दाउ हो। चीनले जसरी पनि संसारको एक्लो सुपरपावर बन्ने कोसिस गरिरहेको छ।" एफबीआई निर्देशकले चीनको यो खतराबारे अबका हप्तामा अमेरिकी महान्यायाधिवक्ता र विदेशमन्त्रीले पनि ध्यान दिने बताएका छन्।

अमेरिकी अधिकारीको यो अभिव्यक्ति यस्तो समय आएको हो जब अमेरिका र चीनबीच कोरोना महामारी र चिनियाँ एप्सको विषयमाथिको तनाव चरम स्थितीमा छ। अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्प कोरोना महामारीका लागि लगातार चीनको आलोचना गरिरहेका छन् र चीनमाथि संसारभरी कोरोना फैलाएको ठाडो आरोप पनि लगाइरहेका छन्।

यसबाहेक यसै हप्ता अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अमेरिकाले चीनमा बनेको एप्सलाई प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको जसमा टिकटक पनि समावेश भएको जानकारी दिएका थिए । पोम्पियोले भने, "यी एप्स चिनियाँ कम्युनिष्ट पार्टीको निगरानी गर्ने सरकारको एउटा माध्यम हो।"

मंगलबार लगभग एक घण्टा लामो भाषणमा एफबीआई निर्देशकले चीनले कसरी व्यवधान गरिरहेको सबिस्तारमा बताए। उनले भने, "चीनले आर्थिक जासुसी गरिरहेको छ, डाटा र पैसा चोरिरहेका छन् र अवैध राजनीतिक गतिविधिमा पनि जुटेको छ जसमार्फत् उसले घुस र ब्ल्याकमेलको सहारामा अमेरिकी नीतिलाई प्रभावित पार्ने कोसिस गरिरहेको छ।"

रेले भने, "आज हामी यस्तो स्थितीमा उभिएका छौं जहाँ एफबीआईले हरेक १० घण्टामा चीनसँग जोडिएको गोप्य मामिला दर्ता गर्नु परिरहेको छ। अहिले देशभरी यस्ता ५ हजार मुद्दा दर्ता छन् जसमा लगभग आधा चीनसँग सम्बन्धित छन्।"

एफबीआई निर्देशकले बताए अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले नयाँ कार्यक्रम सुरु गरेका छन् जसको नाम हो–फक्स हन्ट। यसमार्फत् विदेशमा बसिरहेका ती चीनियाँ नागरिकलाई निशाना बनाइँदैछ जुन चिनियाँ सरकारका लागि खतरा मानिएको छ।

उनका अनुसार यसमा राजनीतिक प्रतिद्वन्द्वी, असन्तुष्ट र आलोचक समावेश छन् जो चीनमा जारी मानवाधिकार उल्लंघनलाई उजागर गर्न चाहन्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ