arrow

कोरोनाको संक्रमण बढेकाले बार, विद्यालय र पर्यटनमा चुनौती

logo
प्रकाशित २०७७ साउन १ बिहिबार
saudi-abaria-corona.jpg

मितो, जापान ।  दक्षिणी तथा पश्चिमी अमेरिकी देशहरुसँगै विश्वका धेरै देशहरुमा कोरोनाभाइरसबाट संक्रमित भएका र मृत्यु भएकाहरुको सङ्ख्या बढ्दै गएपछि बार, विद्यालय र पर्यटन क्षेत्रका लागि चुनौतीपूर्ण भएको छ । 

सरोकारवालाहरुले बार, विद्यालय र पर्यटन क्षेत्रका गतिविधि अझै एक महिना बन्द नै रहनसक्ने अनुमान गरेका छन् ।

भारतमा एकैदिनमा संक्रमित भएकाहरुको सङ्ख्या ३२ हजार सात सयभन्दा बढी भएको छ भने देशका कतिपय ठाउँहरुमा निषेधात्मक व्यवस्थाहरुलाई कडाइ गरिएको छ ।  

देशका सरकारी अधिकारीहरुले सामाजिक दुरी कायम गर्नेसहितका आधारभूत सतर्कताप्रति आम नागरिकले वेवास्ता गर्न थालेको बताएका छन् । सार्वजनिक स्थलमा रहेका बेला मास्क अनिवार्य लगाउनु पर्ने नियम भएपनि नलगाएको पाइएपछि हजारौँलाई कारबाही गरिएको छ । 

जापानमा प्रधानमन्त्री सिन्जे आबेले पर्यटन क्षेत्रलाई पुनः सञ्चालन गर्ने बारेमा पुनर्विचार गर्नुपर्ने अवस्था रहेको बताएका छन् । नाकाबन्दी र विदेशीलाई प्रवेश रोक्ने निर्णय अझै कायमै राख्नुपर्ने उनको भनाइ छ । टोकियोमा दैनिक हजारौँको सङ्ख्यामा संक्रमितहरु बढीरहेका छन् । 

उनले भनेका छन्, “कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको सङ्ख्या हामीले हेरिरहेका छौँ, जापान भित्र नै भ्रमण गर्न पनि दिने कि नदिने भन्ने बारेमा हामीले सोचिरहेका छौँ, आगामी हप्तादेखि यससम्वन्धी निर्णय कार्यान्वयन गर्नेछौँ ।” 

जापानको रात्रिकालीन सेवाहरु जस्तै बार, क्लव, पार्लरलगायतले कोरोनाभाइरस संक्रमण फैलाउन सहयोग गरिरहेको देखिएको सरकारी अधिकारीहरुको भनाइ छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ