arrow

भारतमा एकै दिन सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित, निको हुने र मृतक 

logo
प्रकाशित २०७७ साउन २ शुक्रबार
corona-india9.jpg

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । 

बिहीबार २४ घण्टाको अवधिमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भएका हुन् । बिहीबार ३५ हजार ४६८ जना संक्रमित भएका हुन् । बुधबार ३२ हजार ६०७ जना संक्रमित भएका थिए । यो त्यतिन्जेलको रेकर्ड बनेको थियो । 

त्यसअघि मंगलबार २४ घण्टामा त्यतिन्जेलसम्मकै सर्वाधिक २९ हजार ९१७ जना थपिएका थिए । निरन्तर कोरोना संक्रमित बढ्दै गएपछि भारत सरकारले फेरि लकडाउनलाई अझ कडाई गरेको छ । विभिन्न राज्य सरकारहरुले पनि छुट्टै योजना ल्याएका छन् । 

भारतमा कुल संक्रमित १० लाख ५ हजार ६३७ जना पुगेका छन् । यीमध्ये २५ हजार ६०९ जनाको ज्यान गएको छ । बिहीबार मात्रै ६८० जनाको ज्यान गएको छ । 

त्यसअघि बुधबार मात्रै ६१४ जनाले ज्यान गुमाएका थिए । यो संख्या दोस्रो ठूलो हो २४ घण्टाको अवधिमा । यसअघि एकैदिन एक पटक मात्र २००४ जनाको ज्यान गएको थियो । मंगलबार मात्रै ५८७ जनाले ज्यान गुमाएका थिए । 

त्यस्तै ६ लाख ३६ हजार ६०२ जनालाई निको भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी २२ हजार ८६७ जनालाई निको भएको छ । यसअघि बुधबार २० हजार ६४६ जनालाई र मंगलबार एकैदिन २० हजार ९७६ जनालाई निको भएको थियो । 

सबैभन्दा बढी महाराष्ट्रमा ८ हजार ६४१ जना नयाँ संक्रमित थपिएर २ लाख ८४ हजार २८१ पुगेका छन् । मृतक २६६ थपिएर ११ हजार १९४ पुगेका छन् । 

दोस्रो स्थानको तमिलनाडुमा ४ हजार ५४९ थपिएर १ लाख ५६ हजार ३६९ पुगेका छन् । मृतक ६९ थपिएर २ हजार २३६ पुगेका छन् । 

दिल्लीमा १ हजार ६५२ जना थपिएर संक्रमित १ लाख १८ हजार ६४५ पुगेका छन् । मृतक ५८ थपिएर ३ हजार ५४५ पुगेका छन् । 

बिहीबार कर्नाटकमा १०४ मृतक थपिएर १०३७ पुगेका छन् । आन्ध्रप्रदेशमा ४०, उत्तर प्रदेशमा ३४, पश्चिम बंगालमा २३, बिहारमा १०, जम्मु–कश्मीरमा १६ तथा गुजरातमा १० जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ