arrow

सैनिक पोष्टमाथि तालिबानको आक्रमण, २७ जनाको मृत्यु

logo
एएनआई,
प्रकाशित २०७७ साउन २ शुक्रबार
afgansitan.jpg.jpeg

कान्दाहार, अफगानिस्तान । अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार भएको सैनिक कारबाहीमा परी कम्तीमा २७ आतंककारी मारिएका छन् ।अफगान सरकारी सुरक्षाकर्मीहरुले सो कुराको जानकारी दिएका हुन् । उक्त कारबाही यहाँको सरकारी सुरक्षा फौजले गरेको बताइएको छ ।  

अफगान विद्रोहीविरुद्ध भएको कारबाहीमा उनीहरु मारिएको प्रान्तीय सरकारका प्रवक्ताले शुक्रबार बिहान जानकारी दिएका छन् । अफगानिस्तानको राष्ट्रिय सैनिक संगठनले दिएको जानकारीअनुसार उक्त प्रान्तको कालाकान्चा भन्ने स्थानमा रहेको एक सैनिक पोष्टमाथि तालिबानले आक्रमण गरेका थिए । 

सो आक्रमणमा परी ती सैनिक मारिएको प्राप्त समाचारमा जनाइएको छ । प्रान्तीय राजधानीबाट नजिकको सो क्षेत्रमा रहेका तालिबान आतंककारी समूहलाई लक्षित गर्दै सो कारबाही भएको थियो ।

उक्त सैनिक पोष्टमा तालिबान लडाकूहरुले आक्रमण गरेपछि यहाँको सरकारी सेनाले पनि आक्राणका विरुद्धमा कारबाही जारी राखेको थियो ।

सो आक्रमण पछि यहाँको सेनाले स्थल र हवाई कारबाही गरेको र त्यसमा परी कम्तीमा २७ जना तालिबान आतंककारी मारिनुका साथै अन्य १६ जना घाइते  पनि भएका जनाइएको छ । 

जारी यस कारबाहीका क्रममा सुरक्षा अधिकारीहरुलाई भने कुनै क्षति पुगेको छैन ।  मारिएका र केही घाइते भएका तालिबानबाट ठूलो संख्यामा हतियार पनि बरामद गरिएको समाचारमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ