arrow

इन्डोनेसियामा व्यापक वर्षापछि आएको बाढीका कारण ३६ को मृत्यु, थप ६६ जना वेपत्ता

logo
प्रकाशित २०७७ साउन २ शुक्रबार
indonesia4.jpg

मेकासार । इन्डोनेसियाको सुलावेसी टापुमा व्यापक वर्षापछि आएको बाढीमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ भने ६६ जना हराइरहेका इन्डोनेसियाली अधिकारीले बताएका छन् ।

गत सोमबारपछि परेको अविरल वर्षाका कारण आएको बाढीले वस्तीहरू डुवानमा परेको र ३६ जनाको मृत्यु भएको र हराइरहेका अन्उ ६६ जनाको खोजी तथा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बाढीले देशको लुहू क्षेत्रका कम्तीमा १४ हजार परिवारको घरहरूमा पूर्णरूपमा क्षति पुर्‍याएको जनाइएको छ । उनीहरूलाई टेन्ट र अस्थायी टहरा बनाई व्यवस्थापन गरिएको सरकारी अधिकारीले बताएका छन् । 

“वेपत्ता भएका कसैलाई जीवित भेट्ने आशा क्षीण रहेको तर खोजी कार्य जारी रहेको छ,” अलुवुका उद्धार समूहका संयोजक एण्डी मुक्तिले एएफ्पीलाई बताए ।  

डुवानपछि वस्तीहरूमा  दुई मिटरसम्म माटो जमेकोले उद्धारबाट कसैलाई जीवित पाउने आशा हराइसकेको तर खोजी कार्य जारी रहेको उनले बताए ।

बाढीले ल्याएको माटोले हजारौँ घरहरू तथा सरकारी तथा गैर–सरकारी भवनहरूलाई पुरेको बताइएको छ । कतिपयले घरको पानी भाँडाले निकालेर हिलो तथा पानीमाथि नै रात विताइरहेका छन् भने बढी प्रभावित केहीलाई सुरक्षित् स्थानमा सारिएको छ ।

इन्डोनेसिया राजधानी जकार्ताको छिमेकी जाभा टापूमा यस अघि जनवरीमा आएको बाढीमा परी कम्तीमा ७० जनाको मृत्यु भएको थियो । इन्डोनेसियामा बाढीका कारण हरेक वर्ष सयौँको सङ्ख्यामा नागरिकले ज्यान गुमाउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ