arrow

बार्सिलोनामा फेरि बढे संक्रमित, घरभित्र रहन प्रशासनको निर्देशन

logo
प्रकाशित २०७७ साउन २ शुक्रबार
spain-corona-viurs.jpg

बार्सिलोना । स्पेनको पर्यटकीय शहर बार्सिलोनामा कोरोनाभाइरस संक्रमितको सङ्ख्यामा पुनः वृद्धि देखिन थालेपछि नागरिकहरूलाई अति आवश्यक कामका लागि बाहेक घरमा नै रहन क्षेत्रीय सरकारले आग्रह गरेको छ ।  

बार्सिलोनाका बासिन्दाहरूलाई भाइरसको अवस्था बढेपछि घरमै बस्न आग्रह क्याटलोनियाली सरकारले गरेको हो । 

“क्षेत्रीय सरकारले सिनेमा, नाटकघर र रात्रिक्लबहरू बन्द गर्ने आदेश दिएको छ भने तटीय शहरमा १० भन्दा बढी व्यक्तिको भेला हुन प्रतिबन्ध लगाएको छ,” प्रवक्ता मेरीटक्सेल बुडोले पत्रकार सम्मेलनमा भने । 

सरकारको निर्णयले युरोपको सबैभन्दा धेरै भ्रमण गरिनेमध्येको एक सहर बार्सिलोना रहेका करिब ४० लाख व्यक्ति प्रभावित बनेका छन् । 

सहरमा रेष्टुरेन्टहरूले सामान्य क्षमताको सेवामा आधा सेवामा सीमित गर्नुपर्नेछ । बासिन्दालाई उत्तरपूर्वी शहर बाहिर रहेका घरहरूमा लगभग दुई हप्ता सम्मको अवधिमा भागेर नजान पनि  भनिएको छ । 

“आउने हप्तामा सबै बार्सिलोनावासीलाई पहिले झैँ लकडाउन गरेर राख्नुपर्ने बाध्यता पनि आउन सक्छ,” बुडोले भने । उनले झण्डै तीन हप्तापछि लकडाउनलाई हटाउनसकिने बताए ।

उनले भने, “मार्चमा जस्तो अवस्थामा नपरोस् भनेर बासिन्दाहरूले छिटो र निर्णायक कदम चाल्नुपरेको छ । 

स्पेनमा पहिलो पटक महामारी फैलिँदा केन्द्र सरकारका प्रधानमन्त्री पेद्रो सान्चेजको प्रशासनले मार्च १४ मा आपतकालिन अवस्थाको घोषणा गर्दै कोराोना भाइरस रोक्नका लागि कडामध्यको नीतिको अवलम्बन गरेको थियो । 

कोरोनाभाइरसका घटनाहरू बढेका क्याटालोनिया र छिमेकी अरागोन क्षेत्रमा १५० भन्दा बढी नयाँ विरामीमा संक्रमण भेटिएपछि स्पेनी अधिकारीहरूले अहिले चिन्तित भएका छन् । 

स्पेनमा कोभिड–१९ संक्रमित २८ हजार ४०० व्यक्तिको निधन भएको छ भने तीन लाख पाँच हजार व्यक्ति संक्रमित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ