arrow

चीनले पनि लगायो अमेरिकी अधिकारीमाथि प्रतिबन्ध, अमेरिकाको प्रतिबन्धबाट नडराउने जवाफ

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन ३ शनिबार
usa-china.jpg

एज्न्सी। चीन र अमेरिकाबीच दुरी बढिरहँदा चीनले पनि केही अमेरिकी उच्च अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको छ । आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चीनले अमेरिकी विधायक टेड क्रुज, मार्को रुबियो, इन्टरनेश्नल रिलिजियस फ्रिडमका लागि अमेरिकी प्रतिनिधि स्यामुल ब्राउनब्याकसहित अरु केही अधिकारीहरुलाई प्रवेश गर्न नदिने जनाएको हो ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले यसबारे जानकारी दिएकी हुन् । उनले विज्ञप्ति जारी गर्दै अमेरिकालाई चिनियाँ आन्तरिक मामिलामा हस्तक्षेप गर्ने हक नभएको प्रतिक्रिया दिइन् । अमेरिकाले पनि यसअघि चिनियाँ नेताहरुमाथि प्रतिबन्ध लगाएको थियो । चीनले त्यसको प्रतिक्रियाको रुपमा अमेरिकी अधिकारीहरुलाई रोक लगाएको हो । चीनमा उइगुर मुस्लिम समुदाय तथा तिब्बतको बिषयमा अमेरिकाले बारम्बार मुद्दा उठाउने गरेको छ । चीनले भने ती सबै चीनको आन्तरिक मामिला भएको भन्दै चासो नराख्न चेतावनी दिने गरेको छ ।

पछिल्लो समय चीन र अमेरिकाबीच ताइवान र हङकङको विषयलाई लिएर तनाब बढेको हो । अमेरिकाले हङकङमा चीनले लागु गरेको सुरक्षा कानुनको विरोध जनाउँदै आएको छ । यसबाहेक कोरोनाभाइरसका कारण पनि अमेरिका र चीनबीच तनाब कायम छ । चीनले साउथ चाइना सीमा अमेरिकाको कुनै पनि प्रतिबन्धबाट नडराउने जनाएको छ । अमेरिकाले साउथ चाइना सी र यस क्षेत्रमा अस्थिरता र समस्या सिर्जना गरेको आरोप लगाउँदै चीनले कुनै पनि प्रतिबन्धसँग नडराउने जनाएको हो । 

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुङयिङले प्रेस ब्रिफिङका क्रममा भनिन्, "अमेरिका थप गलत बाटोमा जाने छैन भन्‍नेमा चीन आशावादी छ ।" पूर्वी एसियाका वरिष्ठ कूटनीतिज्ञले चिनियाँ अधिकारीहरु र कम्पनीहरुमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएपछि चीनले यस्तो प्रतिक्रिया दिएको हो । यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीनको साउथ चाइन सीमा तटीय स्रोतहरुको खोजी गर्ने क्रियाकलाप 'पूर्णरुपमा अवैधानिक' भएको बताएका थिए । उनले बेइजिङको विवादित जलस्रोतमा 'नियन्त्रणका लागि बुलिङ अभियान' सञ्‍चालन गरेको भन्दै आलोचनासमेत गरेका थिए । 
 
अमेरिकी विदेशमन्त्रीको यस्तो अभिव्यक्तिपछि चिनियाँ सरकारी सञ्‍चारमाध्यम ग्लोबल टाइम्सले अमेरिका साउथ चाइना सीमा स्थिरताका लागि सबभन्दा ठूलो खतरा भएको र सबैभन्दा ठूलो 'म्यानिपुलेटर' भएको जनाएको थियो । ग्लोबल टाइम्सले एक विश्लेषकलाई उदृत गर्दै लेखेको छ, "चीनले आसियन सदस्यहरुसँग मिलेर साउथ चाइना सीमा कोड अफ कन्डक्टमा (सीओसी) बृहत् परामर्श गरिरहेको र जसले देखिने गरी प्रगति गरिरहेको छ । तर, अमेरिकाले यस क्षेत्रमा आफ्ना पाखुरा फैलाएर चीन र आसियन मुलुकबीच विवाद सिर्जना गर्ने उद्देश्यले असह्य अभिव्यक्ति र गतिविधिहरु गरिरहेको छ । जसले आसियन क्षेत्रको स्थायित्वलाईसमेत अवमूल्यन गरेको छ ।"

नाम उल्लेख नगरिएको विश्लेषकलाई उदृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ, "संयुक्त राज्य अमेरिका सबभन्दा ठूलो म्यानिपुलेटर र साउथ चाइन सीको शान्ति र स्थायित्वका लागि सबभन्दा ठूलो खतरा हो ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ