arrow

भारतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित

logo
प्रकाशित २०७७ साउन ४ आइतबार
corona-india1.jpg

काठमाडौं । भारतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । शनिबार एकैदिन ३७ हजार ४०७ जना संक्रमित थपिएका हुन् । 

यसअघि शुक्रबार ३४ हजार ८२० तथा बिहीबार ३५ हजार ४६८ जना संक्रमित थपिएका थिए । 

भारतमा अहिलेसम्म १० लाख ७७ हजार ८६४ जना संक्रमित पुगेका छन् । तीमध्ये सक्रिय संक्रमित ३ लाख ७३ हजार ७ जनामात्र रहेका छन् । 

निको हुनेको संख्या ६ लाख ७७ हजार ६३० रहेको छ । शनिबार एकैदिन २३ हजार ५५२ जनालाई निको भएको छ । 

शनिबार ५४३ जनाको ज्यान गयो । मृतकको संख्या अहिलेसम्म २६ हजार ८२८ पुगिसकेको छ । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा ८ हजार ३४८ जना संक्रमित थपिएर ३ लाख ९ हजार ९३७ जना पुगेका छन् । मृतक १४४ थपिएर ११ हजार ५९६ पुगेका छन् । 

दोस्रो प्रभावित तमिलनाडुमा ४ हजार ८०७ जना थपिएर १ लाख ६५ हजार ७१४ जना संक्रमित पुगेका छन् । मृतक ८८ थपिएर २ हजार ४०३ पुगेका छन् । 

तेस्रो प्रभावित दिल्लीमा १ हजार ४७५ जना थपिएर संक्रमित १ लाख २१ हजार ५८२ पुगेका छन् । मृतक २६ थपिएर ३ हजार ५९७ पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ