arrow

भारतमा २३ करोड मानिस गरिबीमुक्त, १५० देशलाई कोरोनाविरुद्ध लड्न सहयोग

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन ४ आइतबार
india-map-and-flag-1310791.png.png

काठमाडौं। भारतमा सन् २००५ देखि सन् २०१६ को बीचमा २३ करोड मानिस गरिबीमुक्त भएको संयुक्त राष्ट्र संघले जनाएको छ। भारतले विश्वको सबैभन्दा बढी गरिबी उन्मुलन गर्ने देशका रुपमा देखिएको राष्ट्रसंघले जनाएको छ।

संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (युएनडीपी), अक्सफोर्ड गरिबी र मानविकास पहलले ७५ देशको गरिबीको अवस्थाको मूल्यांकन गरेको हो। सन् २००० देखि सन् २०१९ सम्मको गरिबी मूल्यांकनको तथ्यांकले खानपान, शिक्षा, स्वास्थ्य, आर्थिक स्थिती, हिंसा, लैंगिंक विभेद्, बासस्थानलगायतका कुराहरुलाई आधार मान्दै गरिबीको मुल्यांकन गरेको हो ।

त्यस अनुसार भारतमा अन्य मुलुकको तुलनामा बढी गरिबी उन्मुलन भएको पाइएको हो। भारतबाहेक नेपाल, माली, नाइजर, गुयाना, रावन्डा,अर्मेनिया, निकारागुआ र उततर मेकोडिनामा पनि ठूलो जनसंख्याको स्तर गरिबीबाटमुक्त भएको छ। भारतले त्यतिबेलाको तथ्यांकका आधारमा आफ्नो गरिबी झण्डै आधाले झारेको तथ्यांकले देखाएको छ।

विगतका यी सफलताले कोरोना भाइरसको माहामारीपछि पनि सफलतातर्फ अघि बढ्न सकिने आसा देखिएको भारतले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको माहामारीका समयमा समेत भारतले १ सय ५० देशलाई सहयोग गरिरहेको बताएका छन्।

शुक्रबार संयुक्त राष्ट्र संघको आर्थिक र सामाजिक आयोगमा सम्बोधनका क्रममा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले कोरोना भाइरसको माहामारीका बेला औषधि एवं अन्य किसिमको सहयोग डेढ सय मूलुकलाई गरिरहेको बताएका हुन् । सो क्रममा भारतले नेपाललाई २३ टन औषधी लगायत स्वास्थ्य सामग्री सहयोग गरेको थियो। मोदीले भारतले भुकम्प, आँधी या इबोला जस्ता हरेक संकटका बेला तिव्र ऐक्यवद्धता जनाउँदै अघि बढेको बताए।

यसबाहेक उनले कोरोना माहामारीविरद्ध खोप बनाउँनदेखि तीव्र र उच्च परीक्षणको काम समेत भइरहेको बताए। उनले भारतले संयुक्त राष्ट्र संघलाई समेत ठूलो सहयोग गर्दै आएको र अझैं पनि गर्दै जाने बताएका छन्।

पूरानो तथ्यांक अनुसार १०७ विकाशिल देशको झण्डै १ अर्ब ३० करोड जनसंख्या गरिबीको सीमाभित्र छ। पछिल्लो समयको तथ्यांक भने संयुक्त राष्ट्रसँग छैन्। विश्वको ८० प्रतिशतभन्दा बढी गरिबी अफ्रिकी मूलुकमा रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ