arrow

बेइजिङमा भेटिएनन्, चीनभरी थपिए १६ नयाँ संक्रमित

logo
प्रकाशित २०७७ साउन ४ आइतबार
china-corona-wuhan.jpg

बेइजिङ । चीनको राजधानी बेइजिङमा शनिबार कोरोनाभाइरसबाट संक्रमणका कुनै पनि विरामी नथपिएको अधिकारीहरुले जनाएका छन् । 

स्थानीय अधिकारीहरुले आइतबार दिएको जानकारी अन्ुसार निरन्तर पछिल्लो १३ दिनमा कुनै पनि संक्रमित थपिएको छैन । 

“पछिल्लो १३ दिनसम्ममा बेइजिङ्मा कुनै पनि नयाँ संक्रमित भेटिएका छैनन् भने शनिबार १३ जना संक्रमितहरु संक्रमणमुक्त भएका छन्,” एक अधिकारीले भने ।

यसैबीच चीनमा देशभरी पछिल्लो२४ घण्टामा १६ जना मात्र संक्रमित भेटिएका छन् । तीमध्ये १३ जना आन्तरिकरूपमा संक्रमित हुन् भने अरु अन्य ठाउँबाट आएका संक्रमित हुन् । 

जोन हकिन्स विश्वविद्यालयले दिएको जानकारी अनुसार विश्वभरी अहिलेसम्म एक करोड ४२ लाख ४१ हजारभन्दाबढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

त्यसैगरी कोरोनाभाइरसकै कारण विश्वभरी अहिलेसम्म छ लाख एक हजार ४५५ जनाको मृत्यु भएको पनि विश्वविद्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ