धर्म र राजनीतिलाई अलग राख्न प्रधानमन्त्री ओलीलाई बंगलादेशका हिन्दुहरुको सुझाव
एजेन्सी,
प्रकाशित २०७७ साउन ४ आइतबार
585
Shares
एजेन्सी। अयोध्याको बारेमा प्रधानमन्त्री केपी ओलीले दिएको अभिव्यक्तिलाई लिएर नेपालभित्र मिश्रित प्रतिक्रिया आएपनि भारत बाहेकका देशमा पनि प्रतिक्रिया देखिन थालेको छ।
बंगलादेशमा रहेका अल्पसंख्यक हिन्दूहरुको संगठनहरूले पनि प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर बिरोध गरेका छन्।
बंगलादेशका हिन्दु संगठनहरुले ढाकामा रहेको क्षेत्रीय प्रेस क्लब बाहिर व्यानर र प्लेकार्ड सहित विरोध गरेका हुन् ।
प्रदर्शनकारीहरूले भगवान रामको जन्मस्थलको सवाललाई आकस्मिक ढंगले राजनीतिमा तान्नु गम्भीर कुरा भएको बताएका थिए । उनीहरूले राजनीति र धर्मलाई नमिसाई अलग राख्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए ।
उनीहरूले नेपाल र भारतबीचको जनस्तरको सम्बन्धलाई नविगार्न पनि भनेका थिए । प्रधानमन्त्री ओलीले आफ्नो भनाई फिर्ता लिनुपर्ने बताएका थिए ।