arrow

पाकिस्तानमा ३० प्रतिशत नक्कली पाइलट रहेको खुलासापछि पीआईएलाई ईयूको उडानमा प्रतिबन्ध

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन ५ सोमबार
PIA.jpg

एजेन्सी। पाकिस्तानमा ३० प्रतिशत पाइलटहरु नक्कली रहेको खुलासा भएपछि पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए)लाई युरोपियन युनियन एयर सेफ्टी एजेन्सी (ईएएसए)ले ईयुका मुलुकहरुमा उडान भर्न प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्धसँगै पीआईएका विमानहरुले ६ महिनाका लागि उडानमा प्रतिबन्धको सामना गर्नुपर्ने भएको छ ।

यसअघि पाकिस्तानका नागरिक उड्डयनमन्त्री गुलाम सरबार खानले पाकिस्तानका ३० प्रतिशतभन्दा बढी पाइलटहरुसँग नक्कली लाइसेन्स भएको र उनीहरु उडान भर्न योग्य नरहेको खुलासा गरेका थिए । उनले २६२ जना पाइलटहरुले आफूले परीक्षा नदिई आफ्नो साटो अरुलाई नै परीक्षा दिन लगाएको बताएका थिए ।

पाकिस्तानी मन्त्रीको यस्तो अभिव्यक्ति पछि ईयुले जुलाई १ देखि लागु हुने गरी उडानमा प्रतिबन्ध लगाइएको हो । पाकिस्तानमा ८६० जना सक्रिय आन्तरिक उडान भर्ने पाइलटहरु कार्यरत छन् । मन्त्री खानका अनुसार यसमा पाकिस्तानको राष्ट्रिय ध्वजावाहक पाकिस्तान इन्टरनेसनल एअरलाइन्स र अन्य विदेशी हवाई कम्पनीहरु समावेश छन् । 

पीआईएले फर्जी लाइसेन्स भएका पाइलटहरुलाई तत्कालै लागु हुने गरी हटाएको छ। नक्कली लाइसेन्सको समस्या केवल पीआईएको मात्रै नभई समग्र पाकिस्तानी हवाई उद्योगमा फैलिएको पीआईएले स्वीकारेको छ । पीआईएका प्रवक्ता अब्दुल्ला खानले पाकिस्तानी हवाई कम्पनीमा मात्रै नभई पाकिस्तानमा उडान गर्ने विदेशी हवाई कम्पनीमा समेत नक्कली पाइलट रहेको दाबी गरे।  

मे २२ मा पाकिस्तानको दक्षिणी सहर कराँचीमा ९७ जनाको ज्यान जाने गरी भएको हवाई दुर्घटनाको अनुसन्धानको नतिजा बुधबार आएको थियो । लाहोरबाट कराँची जाँदै गरेको पीआईएको उक्त विमानमा रहेका दुईजना यात्रु र चालक दलका सदस्यबाहेक सबैको मृत्यु भएको थियो । 

मन्त्री खानले पीआईएको पिके ८३०३ मा उडान भरिरहेका दुईजना पाइलटहरुको लाइसेन्स नक्कली भए नभएका बारेमा भने कुनै जानकारी दिएनन् । रिपोर्टका अनुसार विमान बस्तीनजिक पुग्दै गर्दा पाइलटहरुले एअर ट्राफिक कन्ट्रोलरहरुले दिएको निरन्तरको चेतावनीलाई बेवास्ता गर्दै कोरोना भाइरससम्बन्धी गफमा मस्त थिए । 

‘उडान अवधिभर पाइलटहरु कोरोनासम्बन्धी गफमा मस्त थिए । उनीहरु उडानमा ध्यान दिइरहेका थिएनन् । आफ्नो परिवार कसरी संक्रमित भयो भनेर बताइरहेका थिए र उनीहरु बढी आत्मविश्वासी देखिएका थिए’, मन्त्री खानले भने, ‘पाइलटहरुलाई विमान धेरै उचाइमा रहेको र ल्यान्ड गर्न उपयुक्त नरहेको भन्दै तीनपटक चेतावनी दिइएको थियो। तर उनीहरुले गम्भीर रुपमा लिएनन्। पाइलटहरुले ल्यान्डिङ गिअर कम नगरीकनै ल्यान्ड गरे अनि दुर्घटना भयो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ