arrow

तिब्बतीहरुलाई थातथलो छोड्न वाध्य पारिदै

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन ५ सोमबार
china-flag-house.jpg

बेइजिङ । चिनियाँ अधिकारीहरुले विभिन्‍न १३ स्थानमा ५९ तिब्बतीयन परिवारलाई आफ्नो थातथलो छोड्न वाध्य पार्दै बलपूर्वक स्थानान्तरण गराएका छन् । फ्रि तिब्बत रिसर्च पार्टनर, तिब्बत वाचका अनुसार पूर्वी तिब्बतका १३ स्थानमा रहेका ५९ परिवारलाई बलपूर्वक स्थानान्तरण गराएको हो ।

फ्रि तिब्बतको वेबसाइटका अनुसार सन् २०१८ को चीनको गरिबी निवारण कार्यक्रम अन्तर्गत पूर्वी तिब्बतको पयुलको दोलिङ गाउँबाट ५९ परिवारलाई पलयुल काउन्टीमा सारिएको हो।  

यसरी सारिएका घरको छनोमा चीनको झण्डा फहराएको देखिन्छ भने चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङसहितका नेताहरुका तस्बिरहरु घरमा सजाइएका छन् । 

सन् २०१८ र २०१९ मा त्यहाँबाट करिब ४०० तिब्तीय परिवारलाई चिनियाँ अधिकारीहरुले बलपूर्वक हटाएको थियो ।

यस विषयमा चिनियाँ अधिकारीहरुले गरिबी निवारण कार्यक्रम अन्तर्गत नयाँ भवन बनाउनुपर्ने भएकोले उनीहरुलाई स्थानान्तरण गरिएको बताएको छ । उनीहरुलाई सुरुमा राम्रो शिक्षा र गुणस्तरीय जीवनयापनका लागि प्रलोभनहरु देखाए पनि उनीहरुले नमानेपछि बल प्रयोग गरेर हटाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ