arrow

आक्रामक चीनलाई रक्षात्मक बनाउने पश्चिमा रणनीति, भारत पनि आक्रामक रणनीतिमा

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन ५ सोमबार
us-china.jpg

एजेन्सी। चिनियाँ राष्ट्रपति सी जिनपिङ चीनको आजीवन नेतृत्वमा रहने शक्ति आर्जन गरेका छन् । चीनको आजीवन नेतृत्वसँगै विश्वमा एकछत्र प्रभाव जमाउने कल्पना पनि चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिनपिङको छ । त्यसका बाछिटाहरु कोरोना महामारीकै बेला चीनको भारत, भुटान, जापानलगायत छिमेकीसँग चिसिएको सम्वन्धले पनि देखाएको छ। 

युरोपेली देश र अमेरिकासँग निरन्तर सम्वन्ध विग्रिनुमा पनि चीनको महत्वाकांक्षासँग जोडेर हेर्ने गरिएको पाइन्छ । चीनले एक चीन दुई नीतिको अवधारणलाई अवज्ञा गर्दै हङकङमा लोकतन्त्रविरोधी व्यवहार देखाएपछि पश्चिमा देशहरु एकाएक आक्रोशित भएका छन् । अमेरिका, बेलायत, अष्ट्रेलिया लगायत देशहरु चीनसँगको निर्भरता घटाउँदै लैजाने पक्षमा देखिएका छन् । उनीहरुले चीनसँगको निर्भरता घटाउन हुवावे लगायतका कम्पनीमा प्रतिबन्ध लगाउन शुरु गरेका छन् । जस्ले ति देशमा फाइभ जी लगायतका काममा हुवावेले हात झिक्नुपर्ने अवस्था सिर्जना भएको छ । चिनियाँ एपहरुमा पनि कडाई गर्दै प्रतिबन्ध समेत लगाउने तयारीमा ति देशहरु देखिन्छन। लद्धाखमा चीनसँगको झडप पछि भारतले आक्रामक रवैया अपनाउँदै चिनियाँ ५९ एपमा प्रतिबन्ध लगाएको थियो भने कैयन चिनियाँ कम्पनीसँग भएका अर्बौ डलरका ठेक्का सम्झौता रद्ध गरेको छ । पछिल्ला यि घटनाले चीनको आक्रामकतामाथि केहि भएपनि घटाएको विश्लेषण हुन थालेको छ।     

विगतमा लडाई नै गरेपनि चीन र भारतबीच केहि दशकदेखि तुलनात्मक रुपमा राम्रो सम्वन्ध रहँदै आएको थियो । तर सो सम्वन्ध कोरोना महामारीको बेलामा टिक्न सकेन । यहि बेला चीनले देखाएको आक्रामक व्यवहारले राष्ट्रपति सीको विश्व शक्तिमान बन्‍ने हतारोलाई देखाएको भारत सहितका पश्चिमा देशमा टिप्पणी हुन थालेको छ। चीनले आक्रमक छवी देखाउँदै जुन १५ मा भारतको पूर्वी लद्दाखको गलवान भ्यालीमा भारतीय सेनामाथि आक्रमण नै गर्‍यो । सो आक्रमणमा २० भारतीय सेना माररिएका थिए । चीनले आफ्नोतर्फ मारिएका सेनाको विवरण भने अझै सार्वजनिक गरेको छैन । 

उक्त हिंसात्मक आक्रमणपछि दुबै मुलुकका विदेश मन्त्री, उच्च सुरक्षा अधिकारी र सैन्य अधिकारीबीच वार्ताहरु भएका छन् । वार्ताका क्रममा दुबै मुलुकले संवादमार्फत नै समस्या समाधान गर्ने सहमति गरेका छन् । 

यहीबीचमा गत साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लद्दाखको लेह पुगे । लद्धाखमा सेनालाई सम्वोधन गर्दै मोदीले चीनको नाम नलिई भने, "अब विस्तारवादको युग समाप्त भइसकेको छ । यो समय भनेको विकासको समय हो ।" भारतीय प्रधानमन्त्री मोदीको सो भ्रमणको आसपासमा चीनले भारतीय सीमा क्षेत्रमा बढाएको सैन्य उपस्थिति फिर्ता गरेको छ ।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अडान र विश्वव्यापी आलोचनाका कारण चीनको विश्व नेतृत्व गर्ने कल्पनालाई तत्कालको वास्तविकताले कुल्चिदिएको छ । यसले पनि चीन आगामी दिनमा थप दबाबमा पर्ने देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ