arrow

'तालिबानको कार्यालय इरानमा छैन'

logo
सिन्ह्वा,
प्रकाशित २०७७ साउन ५ सोमबार
taleban1.jpg

तेहरान । इरानले अफगानिस्तानमा सशस्त्र विद्रोह गरिरहेको तालिबान संगठनको कार्यालय इरानमा नरहेको स्पष्ट गरेको छ । इरानको विदेश मन्त्रालयले सो कुराको जानकारी गराएको हो । इरानी उपविदेशमन्त्री अब्बास अरागाचीले सो कुराको जानकारी दिएको बताइएको छ ।

उनले भनेका छ्न्– तालिबानले इरानको उत्तरपूर्वी नगर मसादमा एक परिषदको स्थापना गरेको हुन सक्छन् तर पनि त्यो परिषद इरान सरकारसँग कुनै पनि हिसाबले सम्बन्धित छैन । उनले यहाँको एक टेलिभिजनमार्फत सो कुराको जानकारी गराएका हुन् । उनले भनेका छ्न्– यदि त्यो कार्यालय स्थापना गरेको भए पनि त्यो इरान सरकारसँग सम्बन्धित छैन ।

उनले गएका केही वर्षदेखि इरान तालिबानहरुको सम्पर्कमा भने रहेको बताए । उनले भने– हो, हामीहरु उनीहरुको सम्पर्कमै छौँ, उनीहरुका कुरा सुन्छौँ र हाम्रो प्रतिक्रिया पनि दिने गरेको छौँ ।

अमेरिकाले तालिबानसँग सम्पर्क र वार्ताको प्रक्रिया अघि बढाएको छ, तर हामीले भने अहिले तलिबानसँग सम्पर्क पनि गरेका छैनौँ– उनले सो टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा भनेका छ्न् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ