arrow

चीनको ल्याबबाटै कोरोना भाइरस फैलिएको तथ्य दुतावासको सन्देश मार्फत बाहिरियो

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन ५ सोमबार
corona-virus-lab-china.jpg

वाशिंगटन। कोरोना भाइरस चीनको ल्याबबाटै फैलिएको भन्ने कुरालाई दाबी गर्ने एक नयाँ तथ्य सार्वजनिक भएको छ। अमेरिकी केन्द्रीय विभागले जारी गरेको कुटनीतिक केबलमा उक्त तथ्यको आधार फेला परेको हो। बेइजिङस्थित अमेरिकी दुतावासको सन् २०१८ को कुटनीतिक केबलमा ‘चिनियाँ प्रयोगशालामा दक्ष टेक्निसियनहरुको अभावका कारण गम्भिर समस्या सिजर्ना हुनसक्ने’ कुरा उल्लेख गरीएको सिएनएनले जनाएको छ।

गत अप्रिलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको चीनकै ल्याबबाट फैलिएको प्रमाण रहेको तर भन्न नमिल्ने टिप्पणी गरेका थिए। अहिले बाहिरिएको कुटनीतिक केबलमा चिनियाँ ल्याबमा दक्ष टेक्निसियनको अभाव रहेको उल्लेख छ।

कोरोना भाइरस चीनको वुहान इन्स्ट्युट अफ भाइरोलोजीबाट फैलिएको आशंका किन गरिएको हो भने, त्यो प्रयोगशालामा चमेरामा पाइने सार्स कोरोना भाइरसको अध्ययन हुँदै आएको थियो। प्रयोगशालामा काम गर्ने जनशक्ति दक्ष हुन नसक्दा र प्रयोगशालाको उचित व्यवस्थापन हुन नसक्दा त्यहाबाटै भाइरस बाहिरिएको अनुमान गरिएको छ।

यद्यपि चिनियाँ अधिकारीहरुले भने अहिले फैलिएको कोरोना भाइरस र प्रयोगशालामा परिक्षण भइरहेको कोरोना भाइरसको प्रजाती फरक रहेको बताएका छन्। केहि अंश मात्रै लिक भएको कुटनीतिक केबलले चिनियाँ प्रयोगशाला असुरक्षित रहेको जनाएको छ। यद्यपी केबलको पुरै कन्टेन्ट सार्वजनिक भने भएको छैन। 

तर, वुहानको ल्याबबाटै भाइरस फैलिएको हो भन्ने कुरालाई पूर्ण आधार मान्नका लागि आवश्यक प्रमाणहरु भने छैनन्। चीनले कोरोना भाइरसको वास्तविक उत्पत्तीका विषयमा अध्ययन गर्न रोक लगाएको थियो।

यसबाहेक चीनले कोरोना भाइरसको बारेमा सत्य जानकारीहरु सार्वजनिक नगरेको आरोप पनि छ। उस्ले माहामारीको विषयमा समेत धेरै ढिलो खुलाएको अमेरिकी विज्ञहरुको आरोप रहिआएको छ।

हुन पनि चीनले कोरोना भाइरसको सम्बन्धी तथ्यांकमा एक्कासी फेरबदल गरेको थियो। माहामारी निर्मूलको अन्तिम चरणमा चीनले संक्रमित र मृतकको संख्या बढाएको थियो । पछि अस्पताल बाहिर र पछि परीक्षण भएका संक्रमितको संख्या थप गरेको बताएको थियो।

यसबाहेक चीनले कोरोना संक्रमित पाइएपनि कुनै लक्षण देखिएन भने उनीहरुलाई संक्रमित भनेर पुष्टि गर्ने गरेको छैन्। विभिन्न अध्ययनबाट कोरोना भाइरसको ३० देखि ५० प्रतिशत संक्रमितमा लक्षण नै नदेखिने पाइएको छ। चीनका विभिन्न कमजोरीहरुकै कारण भाइरसको उत्पत्तीमा चीनलाई आरोप लाग्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ