arrow

चीन अफिक्राबीचको व्यापार २० प्रतिशतले खुम्चियो

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन ६ मंगलबार
china-africa-trade.jpg

काठमाडौं। कोरोना भाइरसको माहामारीका कारण चीन र अफ्रिकाबीचको व्यापार २० प्रतिशतले खुम्चिएको चिनियाँ भन्सार विभागले जनाएको छ । अफ्रिकाबाट कच्चा पदार्थको ठूलो आयातकर्ताका रुपमा रहेको चीनको कच्चा पदार्थको आयातमा ३१ प्रतिशत कटौति भएको छ । चीनले अफ्रिकाबाट कपर, कोबाल्ट र तेललगायतका कच्चा पदार्थहरु आयात गर्ने गर्छ । त्यस्तै चीनको अफ्रिका निर्यात पनि ९ प्रतिशतले खुम्चिएको त्यहाँको भन्सार प्रशासनले जनाएको छ ।

विश्वकै दोस्रो ठूलो अर्थतन्त्रका रुपमा रहेको चीनले ६ महिनाको अवधिमा ४८.४२ अर्ब अमेरिकी डलरको सामाग्री निर्यात गरेको छ भने ३३.९५ अर्ब बराबरको कच्चा र अन्य सामाग्री आयात गरेको छ।

दक्षिण अफ्रिका र चीन दुई ठूला व्यापारीक सम्बन्ध रहेका देशहरुबीचको व्यापार कोरोना भाइरसको माहामारीका कारण २७.६ प्रतिशतले घटेको हो । चीनले अफ्रिकाबाट झण्डै एक तिहाइले आयात कम गरेको छ। ६ महिनाको अवधिमा चीनले ३२.२ प्रतिशतले आयात कम गरेको हो। जुन करिब ९ अर्ब अमेरिकी डलर हुन जान्छ।

त्यस्तै चीनको निर्यात पनि ६.२ अर्ब अमेरिकी डलरको गिरावट आएको छ । भन्सार विभागका अधिकारीहरुले भने आंकलन गरिएभन्दा राम्रो नै व्यापार भएको बताएका छन् । कोरोना भाइरसको माहामारीका कारण विश्वभर लगानी एवं व्यापारिक क्षेत्रमा ठूलो धक्का लागेको छ ।

यसबीच चीनको अन्तराष्ट्रिय व्यापार अहिले झनै चरम संकटमा परेको छ । लकडाउनका कारणले बन्द बन्दरगाह र विमानस्थल समेत बन्द भएपछि चीन र अफ्रिकाबीचको व्यापारमा गिरावट आएको जनाइएको छ ।

चीन अमेरिकालाई उछिन्दै सन् २००९ मा अफ्रिकाको ठूलो व्यापारीक साझेदार बनेको थियो । अफ्रिकाबाट ठूलो व्यापारीक फाइदा उठाउन चीनले विभिन्न राज्यहरुमा व्यापारीक रोडबेल्टहरु, एवं अन्य निमार्ण सम्बन्धीका ठूला परियोजनाहरु अघि सारेको छ । पछिल्लो समय माहामारीका कारण चीन र अफ्रिकाबीच उड्ययन एवं जलिय माध्यमबाट व्यापार हुन नसक्दा व्यापार घटेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ