arrow

बेलायतले गर्‍यो हङकङसँगको प्रत्यर्पण सन्धी खारेज, चीनले दियो धम्की

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन ६ मंगलबार
hongkong-security-office.jpg

काठमाडौं। अहिले चालिरहेका हरेक कदमको नतिजा भोग्न तयार हुनुपर्ने भन्दै चीनले बेलायतलाई धम्की दिएको छ। बेलायतले हङकङसँगको प्रत्यर्पण सन्धी खारेज गरेपछि चीनले यसको नतिजा भोग्न तयार रहनुपर्ने भन्दै धम्की दिएको हो। बेलायतका विदेश मामिला मन्त्री डोमिनिक रावले सोमबार सन्धी खारेजीको घोषणा गरेका थिए।

विदेशमन्त्री रावले अब चीनसँगको सम्बन्धमा परिवर्तन गरिने समेत बताएका छन् । झण्डै ३० वर्ष पूरानो सन्धी सोमबार खारेज गरिएको हो । विश्वसमुदायमा नै गम्भिर असर पारेको चीनको कदमका कारण सन्धी खारेज गर्नुपरेको बेलायती अधिकारीहरुले बताएका छन् । चीनले हङकङमाथि सुरक्षा कानुनको नाममा आफ्ना हस्तक्षेप बढाएसँगै विश्व समुदायले नै चीनलाई अलग्याएको छ।

यसैबीच सोमबार बेलायतले हङकङसँगको प्रत्यर्पण सन्धी खारेज गरेको छ। यो सन्धीअनुसार यदि बेलायतमा कुनै हङकङका नागरिकलाई आपराधिक आरोप लाग्यो भने हङकङमै फिर्ता पठाउन सकिने व्यवस्था रहेको थियो । त्यस्तै हङकङमा बेलायती नागरिकमाथि आपराधिक कसुर लाग्यो भने पनि बेलायत पठाएर त्यहाबाटै कार्वाही गर्न सक्ने थियो । तर, हङकङमाथि चीनले हक बढाएपछि बेलायतले उक्त सन्धी खारेज गरिदिएको हो ।

पछिल्लो समय चीनसँग अमेरिका, अष्ट्रेलिया, बेलायत, न्युजिल्याण्ड, भारत लगायतका ठूला देशहरुको सम्बन्ध चिसिएको छ। त्यस्को एउटै कारण चीनले उठाएको विवादास्पद कदम हो । बेलायतसँग भएको सम्झौतालाई उल्लंघन गर्दै चीनले हङकङमाथि सुरक्षा कानुन भन्दै आफ्नो हक बढाएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ