arrow

हिन्द महासागरमा अमेरिका र भारतको संयुक्त नौसैन्य अभ्यास 

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन ७ बुधबार

काठमाडौं। भारत र चीनबीच जुन १५ मा भएको हिंसात्मक झडपपछि दुई मुलुकबीच चिसिएको सम्बन्धमा सुधारको संकेत छैन। यहि समयमा हङकङमा चीनले लागू गरिएको सुरक्षा कानुन र कोरोना भाइरसका कारण अमेरिका चीनबीचको सम्बन्धमा पनि तितोपन बढेको छ।

चीनसँग आमने सामने भएका दुबै मुलुकले चीनविरोधी अभियानहरु सुरु गरेका छन् भने चिनियाँ एप र चिनियाँ टेलिकम्युनिकेसनमा प्रतिबन्ध लगाएका छन् । अमेरिकाले चिनियाँ प्रविधि मुख्य खतरा रहेको जनाएको छ ।

यही बीचमा चीनलाई निशाना बनाउँदै दुबै मुलुकले संयुक्त सैन्य अभ्यास गरेका छन् । दुबै देशका जलसेना सो अभ्यासमा सहभागी भएका छन् । हिन्द महासागरमा अमेरिका भारत संयुक्त नौसेना अभ्यास सुरु भएको हो । भारतले सैन्य उद्देश्यले जगउर मेरिटाइम लडाकूलाई अन्दामन र निकोबर आर्कीपेलागोमा परिचालन गरेको छ । यो क्षेत्र चिनियाँ सामुद्रिक व्यापारीक रुटको रुपमा परिचित छ । उक्त क्षेत्रमा १० जगउर स्थापना गरिएका छन् भने एन्टिसिप हारपोन मिसाइल, कार निकोबार एयरबेससमेत तैनाथ भएको जनाइएको छ ।

चीनले दाबी गर्दै आएको दक्षिण चीन सागरमा अमेरिकाले हालै दुईवटा विमानवाहक पानीजहाजसहित सैन्य अभ्यास गरेको थियो । यस क्षेत्रमा अमेरिकी दाबी नभएपनि अमेरिकाले आफ्ना सहयोगी राष्ट्रको सुरक्षाको लागि सैन्य अभ्यास गरेको बताएको थियो ।

चीनले अमेरिकी दाबी नभएको क्षेत्रमा अमेरिकी सैन्य अभ्यास हुनु आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कार्य भएको बताएको थियो । अमेरिकाले हालै यूएसएस निमिट्ज र यूएसएस रोनाल्ड रेगन विमान वाहक पानीजहाज दक्षिण चीन सागरमा लगेर सैन्य अभ्यास गरेको थियो । यूएसएस निमिट्ज विमान वाहक पानीजहाजसहित अमेरिकी नौसेनाले भारतसँग मिलेर सैन्य अभ्यास गरिरहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ