arrow

बलुच पृथकतावादीको निसानामा बीआरआई, चीन र पाकिस्तानलाई टाउको दुखाई 

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन ७ बुधबार
cpec-pakistan-china1.jpg

बेइजिङ। पाकिस्तानमा बलुच पृथकतावादी आक्रमणका कारण महत्वाकाँक्षी चिनियाँ अभियान बेल्ट एन्ड रोड इनिसियटीभ बीआरआई प्रभावित हुने लक्षण देखिएको छ । मिडिया रिपोर्टहरुका अनुसार तेहरान र इस्लामावादबीच छद्मयुद्ध भएको अरेबियन सीको ग्वादर वन्दरगाहलाई बेइजिङले रणनीतिक रुपमा हेरेको छ।

चीनले पाकिस्तान हुँदै ग्वादर बन्दरगाह जोड्ने महत्वाकाँक्षी यो अभियानमा पाकिस्तान भित्रैको आन्तरिक संघर्षले सुरक्षा चुनौती बढाएको छ । सुरक्षा चुनौतीका कारण ६० बिलियन अमेरिकी डलरको चीन-पाकिस्तान इकोनमिक करिडोरको लागत बढ्ने देखिन्छ । ग्वादर पोर्ट रहेको बलुचिस्तान प्रान्तमा पृथकतावादीहरुको निरन्तरको आक्रमण जारी रहेको हङकङकस्थित साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

बीआरआईको लक्ष्य दक्षिणपूर्वी एसिया, मध्य एसिया, खाडी मुलुक, अफ्रिका र युरोपलाई जमिन र सामुद्रिक रुटमार्फत जोड्ने रहेको छ । बीआरआई राष्ट्रपति सी जिनपिङको विशेष महत्वको परियोजना हो ।

रिपोर्टका अनुसार बलुचहरुले पनि आफ्नो दायरा फराकिलो बनाएर सिन्ध प्रान्त र कराचीसम्म आक्रमणहरु सुरु गरेका छन् । कराची स्टक एक्सचेन्जमा गरिएको आक्रमणमा चारजना मिलिसियाहरु मारिएका थिए ।

बलुचहरु पाकिस्तानमा पृथक राज्यको माग गर्दै सशस्त्र संघर्षमा छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ