arrow

साउदीका राजा गम्भिर बिरामी, राजसिंहासनको लडाँइमा युवराज

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन ७ बुधबार
saudi-prince2.jpg

काठमाडौं। साउदी अरेबियाको राजपरिवारका युवराज मोहम्मद बिन सलमानले राजसिंहासन सम्हालनु पूर्व कुनै पनि विद्रोहको सम्भावनालाई हटाइदिएका छन्। यति बेला साउदीका राजा सलमान अफ गम्भिर स्वास्थ्य समस्यासँग जुधिरहेका छन्। ८४ वर्षीय राजाको अवस्था गम्भिर रहेको वेला राजकुमार मोहम्मद विन सलमानले राजसिंहासन सम्हाल्ने कदम अघि बढाएका हुन्।

यद्यपि साउदीको राजाका दाबेदार अर्थात अन्तिम उत्तराधिकारी भने छदै छन्। तर, युवराज सलमानले उत्तराधिकारीलाई पाखा लाउँदै राजमुकुट पहिरन कयौं जाल विछ्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

रोयर्टसका अनुसार पछिल्लो समय साउदीका ट्विटर प्रयोगकर्ताहरुले साउदीका पूर्वयुवराज मोहम्मद विन नायफविरुद्ध भ्रष्टाचारको आरोपमा हजारौं ट्विट गरिरहेका छन्। ती ट्विटरहरु सरकारी अधिकारीहरुले नै पूर्वयुवराज नायफका विरुद्ध गरिरहेको बताइएको छ। पूर्वयुवराज नायफ साउदीका भावी राजाका दाबेदारद एवं वर्तमान राजाका भतिजा हुन्। तर, उनलाई अहिले दुई सहयोगीसंगै गुप्तवासमा राखिएको छ।

वर्तमान युवराज मोहम्मद बिन सलमानले राजसिंहासन सम्हाल्नका लागि वर्तमान राजापछिका उत्तराधिकारीविरुद्ध सामाजिक सञ्जाल मार्फत विरोधि अभियान चालिरहेको स्रोतको अनुमान छ।

मोहम्मद विन सलमान सन् २०१५ अघि चर्चामा थिएनन्। तर, जब उनका पिता साउदी अरेबियाका राजा भए त्यसपछि उनी चर्चामा आएका हुन्। सन् २०१५ मा साउदीका राजा अबदुल्ला बिन अब्दुल अजिजको निधनपछि ७९ वर्षीय सलमानले राजगद्दि सम्हालेका थिए। राजा भएको छोटो समयमै उनले आफ्ना छोरा मोहम्मद बिन सलमानलाई रक्षामन्त्री घोषणा गरेका थिए, भने भतिजा मोहम्मद बिन नायफलाई साहयक युवराज घोषणा गरेका थिए।

यद्यपि सन् २०१७ मा मोहम्मद बिन सलमानले आफ्नो इशारामा राजपरिवारलाई ल्याउँदै आफु युवराज बनेका थिए। राजा सलमानले उनलाई साउदी युवराज घोषणा गरेका थिए। युवराज मोहम्मद बिन सलमानले त्यसपछि मोहम्मद बिन नायफलाई घेरामा हाल्दै आएका छन्।

मोहम्मद बिन सलमानले गत वर्षको मार्चमा नायफलाई पक्राउ गरेर गुप्तवास पठाइदिएका छन्। अहिले साउदी राजाको स्वास्थ्य अवस्था निकै खराब भएको अवस्थामा साउदी राजा फेरिन सक्ने सम्भावनालाई नियाल्दै बिन सलमानले उनीविरुद्ध सामाजिक सञ्जालबाट समेत अभियान चालेको बताइएको छ।

नायफविरुद्ध जनताको धारणलाई मेटाउनकै लागि सामाजिक सञ्जालमा उनीविरुद्धका पोष्टहरु भइरहेको जनाइएको छ। आफुले राजसिंहासन सम्हाल्न खोज्दा कुनै अवरोध नआइपरोस भन्नका लागि बिनले यस्तो कदम चालिरहेको हुन्।

दुर्भाग्यवस अहिले राजाको मृत्यु भयो भने राजमुकुट आफुले नै पहिरनका लागि बाटो सोझाइरहेको आरोप समेत बिन सलमानमाथि लागेको छ। बिनले साउदी मात्र हैन विश्वमा समेत आफ्नो छबिलाई उच्च पारेका छन्। साउदीमा महिलाहरुलाई गाडी चलाउन खुला गर्नु र त्यहाँ आर्थिक क्षेत्रमा विविधता ल्याउन खोजेको कदमले बिनले विश्वसमुदायमा समेत आफ्नो दु्नो सोझ्याएका छन्।

यद्यपि उनले राजपरिवारकै सदस्यहरुलाई पाखा लगाउदै विश्वले देख्ने गरि नीतिहरु सुधारको बाटो अपनाएको बताइन्छ। छिमेकी यमनमा युद्धको मार्ग बनाइदिएको र कतारसँगको कुटनीतिक सम्बन्धमा धावा हालिदिएको कारण बिन सलमान आलोचित भने छन्।

सन् २०१७ मा सलमानले रिटर्ज कार्लटन होटेलमा राजघरायसी नातेदार र ठूला व्यापारीहरुलाई बन्दक बनाइदिएका थिए। यो घटनाले समेत सलमानको डि फेक्टो लिडरशिपलाई बाहिर ल्याइदिएको थियो।

गत वर्ष साउदी पत्रकार जमल खस्सोगीको हत्यापछि बिन सलमानलाई युवराज पदबाट हटाउनका लागि आह्वान गरिएको थियो। स्तानबुल स्थित साउदी दुतावासमा पत्रकार खस्सोगीको हत्या भएको थियो।

उनले साउदीको राजपरिवार भित्र घटित यर्थाथको पर्दाफास गर्ने स्तम्भहरु वासिंङ्गटनपोष्टमा छाप्दै आएका थिए। यी घटनाहरुले साउदीको राजसिंहासन सम्हाल्नका लागि बिन जुनसुकै हदसम्म जान तयार रहेको देखाएको छ।

राजाको त्याग या मृत्युपछि राजा सलमानको उत्तराधिकारी अघावै राजसिंहासनमा आफु बस्नका लागि युवराज सलमानले थुप्रै रणनीतिहरुमा काम गरिसकेको देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ