arrow

भारतमा कोरोनाको संक्रमणः थपिने, निको हुने र ज्यान जाने एकैदिन सबैभन्दा बढी

महाराष्ट्रमा थपिए सबैभन्दा बढी, ज्यान गुमाउने तमिलनाडुमा बढी 

logo
प्रकाशित २०७७ साउन ८ बिहिबार
corona-india12.jpg

काठमाडौं । भारतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिने र निको हुनेको रेकर्ड बनेको छ । बुधबार एकैदिन ४५ हजार ६०१ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो । 

यो संगै कुल संक्रमितको संख्या १२ लाख ३९ हजार ६८४ पुगेको छ । 

निको हुने पनि बुधबार रेकर्ड बनेको छ । एकै दिन ३१ हजार ८७४ जनालाई निको भएको छ । यसअघि मंगलबार २७ हजार मानिसलाई निको भएको थियो । त्यतिन्जेलसम्म त्यो पनि रेकर्ड थियो । 

अहिलेसम्म निको हुने ७ लाख ८४ हजार २६६ जनालाई निको भएको छ । 

मृतक पनि एकैदिन १ हजार १३० जना थपिएका छन् । यो अहिलेसम्मकै दोस्रो बढी हो । एक पटक एकै दिन २००४ जनाको ज्यान गएको थियो । 

बुधबारको मृत्युको यो आँकडा लामो समयपछि देखिएको हो । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा एकै दिन १० हजार५७६ जना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो । एकै राज्यमा यो आँकडा एक दिनमा कहिल्यै छोएको थिएन । महाराष्ट्रमा कुल संक्रमित ३ लाख ३७ हजार ६०७ जना पुगेका छन् । मृतक २८० थपिएर १२ हजार ५५६  पुगेका छन् । 

दोस्रो प्रभावित तमिलनाडुमा ५ हजार ८४९ जना थपिएर १ लाख ८६ हजार ४९२ जना संक्रमित पुगेका छन् । मृतक ५१८ थपिएर ३ हजार १४४ पुगेका छन् । एकैदिन तमिलनाडुमा भएको मृत्युको संख्या अहिलेसम्मकै बढी हो ।

तेस्रो प्रभावित दिल्लीमा १ हजार २२७ जना थपिएर संक्रमित १ लाख २६ हजार ३२३ पुगेका छन् । मृतक २९ थपिएर ३ हजार ७१९ पुगेका छन् । 

चौथो प्रभावित कर्नाटकमा ४ हजार ७६४ संक्रमित थपिएर ७५ हजार ८३३ पुगेका छन् । मृतक ५५ थपिएर १ हजार ५१९ पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ