arrow

भारत पनि अमेरिका, बेलायत र चीनसंगै कोरोना खोप परिक्षणमा, एक खोपको एक हजार रुपैयाँ 

logo
प्रकाशित २०७७ साउन ८ बिहिबार
corona-vaccine-test.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीले यतिबेला पूरै विश्वलाई तरंगित पारिरहँदा आशाका किरण पनि अझै बाँकी छन् । त्यो हो जतिसक्यो छिटो कोरोनाको खोप उत्पादन गर्ने र धेरैभन्दा धेरैको पहुँचमा पुर्याउने । 

अहिलेसम्म एक करोड ५४ लाख मानिस संक्रमित भइसकेका छन् भने ६ लाख ३० हजार भन्दा बढीको ज्यान गएको छ । 

९३ लाख ५० हजारलाई निको समेत भइसकेको छ । तर यो बढ्दो क्रममा भएकाले पनि सबै खोपको पर्खाइमा बसेका छन् । केहिदिन अघि अक्सफोर्ड विश्वविद्यालयले परीक्षण गरेको खोपले निकै ठूलो आशा जगाएको छ । चीन, अमेरिका र कतिपय अन्य देशले पनि खोप परिक्षणमा रहेका छन्।

केहि महिनाअघि विश्वकै ठूलो खोप उत्पादनकर्ता भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले एस्ट्रा जेनेका र अक्सफोर्ड विश्वविद्यालयसँग भारत र विश्वका लागि कोरोनाविरुद्धको खोप उत्पादन गर्ने सम्झौता गरेको छ ।
यदि अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको खोप सफल भयो भने सोही खोप भारतमा पनि ठूलो मात्रामा उत्पादन गर्नका लागि कम्पनीले सम्झौता गरेको हो ।
सेरम इन्ष्टिच्युट अफ इन्डियाका सीईओ अदार पुनावालाले एनडीटीभीसँगको अन्तर्वार्ताका क्रममा भारतमै कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने बताएका हुन् ।

नियामक निकायबाट अनुमति पाएपछि कम्पनीले लाखौं डोज उत्पादन गर्ने लक्ष्यका साथ तयारी गरेको उनले बताएका छन् । भारतमा उत्पादन गरिने यो खोपलाई कोभिसिल्ड नाम दिइएको छ ।

डिसेम्बरसम्म कोभिसिल्ड आउने
सीईओ पुनावालाले आउँदो अगस्टको अन्तिमतिरबाट खोप उत्पादन सुरु गर्ने र यो वर्ष ९सन् २०२०० को डिसेम्बरबाट ३० देखि ४० लाख डोज उत्पादन गर्न सक्ने बताएका छन् ।

अक्सफोर्ड विश्वविद्यालयको खोप सुरक्षित देखिएमा नियामकबाट अनुमति पाएपछि त्यसले भारतमा उत्पादन थालिने छ । उक्त उत्पादनमध्ये ५० प्रतिशत खोप भारतकै लागि बनाइने छ भने ५० प्रतिशत भारत बाहिरका लागि उत्पादन  गरिने उनले बताएका छन् ।

विश्वव्यापी माहामारी भएका कारण उत्पादनको आधा भारतकै लागि प्रयोग हुनेछ भने बाँकी अरु देशहरुमा पठाइने उनले बताए।

उनले खोपको मूल्यसमेत १ हजार भारतीय रुपैयाँ या त्यसभन्दा कम पर्ने गरि बजारमा आउने बताएका छन् । यद्यपि खोपहरु व्यक्तिगत रुपमा भन्दा पनि संस्था र विभिन्न देशको सरकारले नै किन्ने गर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ