arrow

महामारीकै बीच विश्वका ठूला ख्यातीप्राप्त कम्पनीहरु भारतमा लगानी बढाउँदै

logo
एएनआई,
प्रकाशित २०७७ साउन ८ बिहिबार
india-fdi-policy.jpg

नयाँ दिल्ली। नोभेल कोरोना भाइरसको महामारीका बीच विश्वकै अर्थतन्त्र प्रभावित भएको छ। यहि बीचमा कतिपय कम्पनीहरु आफू क्रियाशिल हुँदै आएका देशबाट अन्यत्रै सारेका छन् । खासगरि कोरोना भाइरस विस्तार भएको चीनबाट धेरै उत्पादक कम्पनीहरु त्यहाँबाट अन्यत्र देशमा सरेका छन्। चीनबाट कम्पनीहरु सर्दै जाँदा त्यसको फाइदा भने भारतलाई भएको छ। यो बेला भारत भने उत्कृष्ट लगानी गन्तव्य सावित भएको छ।

महामारीकै बीच विश्वकै उत्कृष्ट सर्च इन्जिन गुगलले भारतमा १० अर्ब अमेरिकी डलर लगानीको प्रतिबद्धता गरेको छ। गुगलका सीईओ सुन्दर पिचाईंले कोरोना महामारीकैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संवादका क्रममा भारतमा आगामी पाँचदेखि सात वर्षमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने बताएका हुन्।

वालमार्टले एक अर्ब २० करोड अमेरिकी डलर लगानी गर्ने जनाएको छ भने फोक्सकोनले एक अर्ब अमेरिकी डलर लगानीको प्रतिबद्धता जनाएको छ। विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकले ५ अर्ब ७० करोड अमेरिकी डलर, क्वालकोम भेन्चरले ९ करोड ७० लाख अमेरिकी डलरको लगानी प्रतिबद्धता व्यक्त गरेको छ।

त्यसैगरी विश्वको उत्कृष्ट कम्पनी थोम्सनले १४ करोड २८ लाख अमेरिकी डलर, वि वर्क ग्लोबलले १० करोड अमेरिकी डलर, हिटाचीले एक करोड ५९ लाख अमेरिकी डलर, किया मोटर्सले ५ करोड ४० लाख अमेरिकी डलर र साउदी अरबको पीआईएफले एक अर्ब ६० करोड अमेरिकी डलर लगानी गर्ने घोषणा यहि माहामारीकै बीच गरेका छन्।

ह्युन्डाइ मोबिज, अमेजनको विश्वासिलो साझेदार एसजीएस, क्लाउड सफ्टवेयर एक्सट्रीया, अस्ट्रेलियाको एप सोलुसन एफ ५ लगायतले पनि भारतीय बजारमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कोरोना महामारीबीच पनि विश्वका उत्कृष्ट कम्पनीहरुको लगानी हब बनिरहेको अवस्थामा यसले भारतीय बजारमा थप रोजगार सिर्जना गर्ने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ