arrow

पाकिस्तानका सेना नै धार्मिक आतंकवादमा संलग्‍न भएको शरणार्थी सिन्धी नेताको आरोप

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन ८ बिहिबार
pak-army.jpg

काठमाडौं। जर्मनीको राजनीतिक शरणमा रहेका पाकिस्तानस्थित सिन्धका एक नेताले पाकिस्तानका सेना प्रमुखहरु सन् १९४७ देखि ने धार्मिक आतंकवादमा संलग्न भएको आरोप लगाएका छन्। जय सिन्ध मुत्ताहिडा महाज(जेएसएमए)का प्रमुख साफी बुरफतले विश्वका नेताहरु र मानव अधिकारवादी संघसंस्थाहरुलाई पत्र लेख्दै पाकिस्तान सेना प्रमुखहरु सन् १९४७ देखि ने धार्मिक आतंकवादमा संलग्न भएको बताएका हुन्।

जय सिन्ध मुत्ताहिडा महाज (जेएसएमए) का प्रमुख साफी बुरफतले पाकिस्तान सेना प्रमुखहरुले गलत तरिकाबाट अधिनायकवाद लादेको, मानवअधिकार उल्लंघन गरेको, नरसंहार गरेको र फरक मत राख्नेहरुलाई क्रुर यातना दिइरहेको बताएका छन्।

पाकिस्तानको पञ्जाबी अधिनायकवादी सेनाले राजनीतिक कार्यकर्ताको मृत शरीरकोसमेत दुरुपयोग गरिरहेको उनको आरोप छ। त्यहाँ राजनीतिक दमन र आर्थिक शोषण भइरहेको छ। सिन्ध, बलुचिस्तान, पस्तुनिस्तान अधिनायकवादी थियोक्रेटिक पाकिस्तानी राज्य रहेको उनले पत्रमा लेखेका छन्।

सिन्ध र बलुचका राजनीतिक कार्यकर्ताहरु र नेताहरुलाई अपहरण गर्ने काम भइरहेको विश्व नेताहरु र मानवअधिकारवादी संस्थाहरुलाई बुरफतले जानकारी गराउँदै केहीलाई जासुसी संस्थाहरुले नियन्त्रणमा लिएर बेपत्ता पारेको जनाएका छन्। सिन्धका नेताहरुका अनुसार पाकिस्तानले प्राविधिक न्युकलियर मिसाइलहरु ल्याउने सम्झौता गरिरहेकोसमेत बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ