arrow

हङकङमा लागू नयाँ सुरक्षा कानुनले विदेशमा रहेका चिनियाँ नागरिक पनि त्रसित

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन ८ बिहिबार
hongkong-security-office.jpg

काठमाडौं। चीनले हङकङमा लागु गरेको नयाँ सुरक्षा कानुनका प्रावधानहरुले हङकङमा भएका नागरिकहरुलाई मात्र नभएर विश्वका जुनसुकै कुनामा भएको जोकोहीलाई पनि आपराधिक गतिविधिको आरोपमा सजाय दिनसक्ने विश्लेषकहरुले बताएका छन्। डिप्लोम्याटका अनुसार विश्वका जुनसुकै कुनामा रहेका जोकोहीलाई पनि राजनीतिक पूर्वाग्रहका आधारमा कारबाही गर्नसक्ने जनाइएको छ। नयाँ राष्ट्रिय सुरक्षा कानुनका कारण मुलुकबाहिरका व्यक्तिहरुले मुलुकमा रहेका व्यक्तिभन्दा बढी मूल्य चुकाउनुपर्ने भएको सो कानुनका बारेमा जानकारी राख्नेहरुले बताएका छन्।

डिप्लोम्याटमा प्रकाशित एक लेखमा फ्रिडम हाउसकी वरिष्ठ अनुसन्धानकर्ता सारा कुकले उक्त कानुनको धारा ३८ का अनुसार कुनै पनि व्यक्ति चिनियाँ अथवा विदेशीले चीनका विषयमा अभिव्यक्त गरेको कुनै पनि अभिव्यक्ति चीनको हितविपरीत भएमा चिनियाँ अधिकारीहरुले नियन्त्रणमा लिन सक्नेछन्। विश्वभरका मानिसहरुलाई यात्रा गर्न, व्यवसाय मोडल र सञ्चार विधिका अनुसार नीतिनिर्माता, विदेशी नेता र नागरिक समाजहरुले बेइजिङको आलोचना गरेमा कारबाहीको भागेदार हुनुपर्ने उल्लेख गरेकी छिन्।

हङकङको प्रजातन्त्र समर्थित आन्दोलनलाई समर्थन गरेका विदेशमा रहेका हजारौं हङकङका विद्यार्थीहरु जोखिममा रहेको कुकले बताएकी छिन्। त्यसैगरी विदेशमा रहेका चिनियाँ पत्रकार, प्राज्ञ, अन्तर्राष्ट्रिय कर्पोरेसन र हलिउडमा कार्यरतहरुलाई सेल्फ-सेन्ससिफ गर्नुपर्ने बताइएको छ। 

हङकङले जुनको अन्तिममा नयाँ सुरक्षा कानुन लागु गरेसँगै हङकङको स्वतन्त्रता अन्त्य भएको र चिनियाँ अधिनायकवाद लागु भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ