arrow

भारतले खोल्यो कोरोनाको दोस्रो प्लाज्मा बैंक 

logo
प्रकाशित २०७७ साउन ९ शुक्रबार
corona-india-plasma-bank.jpg

काठमाडौं । भारतले राजधानी दिल्लीपछि दोस्रो ठाउँमा कोरोना भाइरस भएर निको भएकाहरुको प्लाज्मा बैंक खेलेको छ । उक्त बैंक चेन्नईमा सुरु गरिएको राज्यका मुख्य स्वास्थ्य सचिव राधाकृष्णनले बताएका छन्। 

उनका अनुसार कोरोना भाइरसका बिरामीको उपचारका लागि प्लाज्मा थेरापीको प्रयोगमा राम्रो नतिजा आएको जनाइएको छ । 

अब तेस्रो बैंक तमिलनाडुमा खोल्ने तयारी भएको छ । तमिलनाडु सरकारले बैंक तयार भएको समेत जनाएको छ । 

भारतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिने र निको हुनेको रेकर्ड बनेको छ । बिहीबार एकैदिन ४८ हजार ४४६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो । 

यसअघि बुधबार एकैदिन ४५ हजार ६०१ जना कोरोना संक्रमित थपिएका थिए। त्यो त्यतिन्जेलसम्मकै अहिलेसम्मकै बढी हो । 

यो संगै कुल संक्रमितको संख्या १२ लाख ८८ हजार १३० पुगेको छ । 

निको हुने पनि बिहीबार रेकर्ड बनेको छ । एकैदिन ३३ हजार ३२६ जनालाई निको भएको रेकर्ड बनेको हो । यसअघि सबैभन्दा बढी बुधबार एकै दिन ३१ हजार ८७४ जनालाई निको भएको थियो । यसअघि मंगलबार २७ हजार मानिसलाई निको भएको थियो । त्यतिन्जेलसम्म त्यो पनि रेकर्ड थियो । 

अहिलेसम्म निको हुने ८ लाख १७ हजार ५९३ जनालाई निको भएको छ । 

बिहीबार मृतक ७५५ थपिएका छन् । यसअघि बुधबार १ हजार १३० जना थपिएका थिए । अहिलेसम्म ३० हजार ६४५ जनाको ज्यान गइसकेको छ । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा एकै दिन ९ हजार ८९५ जना संक्रमित थपिएका छन् । महाराष्ट्रमा कुल संक्रमित ३ लाख ४७ हजार ५०२ जना पुगेका छन् । मृतक २९८ थपिएर १२ हजार ८५४ पुगेका छन् । 

दोस्रो प्रभावित तमिलनाडुमा ६ हजार ४७२ जना थपिएर १ लाख ९२ हजार ९६४ जना संक्रमित पुगेका छन् । मृतक ८८ थपिएर ३ हजार २३२ पुगेका छन् । 

तेस्रो प्रभावित दिल्लीमा १ हजार ४१ जना थपिएर संक्रमित १ लाख २७ हजार ३६४ पुगेका छन् । मृतक २६ थपिएर ३ हजार ७४५ पुगेका छन् । 

चौथो प्रभावित कर्नाटकमा ५ हजार ३० संक्रमित थपिएर ८० हजार ८६३ पुगेका छन् । मृतक ९७ थपिएर १ हजार ६१६ पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ