arrow

अमेरिका र भारत अझ नजिकिदै, लद्दाखमा पीएलएका गतिविधिमा अमेरिकाको आपत्ती

logo
प्रकाशित २०७७ साउन ९ शुक्रबार
india-us.jpg

काठमाडौं। अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले लद्दाखा चिनियाँ सेना पिपुल्स लिब्रेसन आर्मी (पीएलए)ले गरेका गतिविधिहरु अस्वीकार्य भएको बताएका छन्। बुधबार इण्डिया आइडिया समिटमा बोल्दै उनले भने, पूर्वी लद्दाखमा चिनियाँ सेनाले देखाएको व्यवहार र भएको हिंसा अस्वीकार्य छ।

पोम्पिओले चिनियाँ कम्युनिस्ट पार्टीले प्रविधिलाई सरकारको हतियारको रुपमा प्रयोग गरिरहेको बताए। चिनियाँ कम्युनिस्ट पार्टीको जोखिम बढेको समयमा अमेरिका र भारतको सहकार्य महत्वपूर्ण भएकोसमेत उनले बताएका छन्। उनले गत महिना जून १५ मा गलवान भ्यालीमा भएको हिंसात्मक झडपमा मारिएका २० भारतीय सेनाप्रति दुख व्यक्त गरेका छन्।

विदेशमन्त्री पोम्पिओले भने, पीएलएको पछिल्लो व्यवहार अस्विकार्य र निन्दनीय छ। चिनियाँ कम्युनिस्ट पार्टीको खतरा उत्पन्न भइरहेका समयमा अमेरिका र भारतजस्तो प्रजातान्त्रिक मुलुकहरुले मिलेर काम गर्नुपर्नेसमेत विदेशमन्त्री पोम्पिओले बताए।

पोम्पिओले भारतले ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको निर्णयकोसमेत स्वागत गरे। उनले आगामी जी ७ राष्ट्रहरुको समूहको शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाईसमेत आमन्त्रण गर्ने समेत बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ