arrow

जाम्बियाका १५ सांसदमा कोरोना संक्रमण

logo
 सिन्ह्वा,
प्रकाशित २०७७ साउन ९ शुक्रबार
covid-test-positive-corona.jpg

लुसाका । कोरोना परीक्षण गराउँदा जाम्बियाका १५ सांसद कोरोनाभाइरसबाट संक्रमित रहेको पुष्टि भएको छ ।

देशका १५६ सांसदहरुको स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएका छन् ।  

स्वास्थ्यमन्त्री चितालु चिलुफ्याले संक्रमण पुष्टि भएका सवै सांसदहरूलाई सम्पर्क गरेर अहिले आइसोलेसनमा राखिएको जानकारी दिए ।

कोरोना अपडेट जानकारी गराउने क्रममा उनले संक्रमित कुनै पनि सांसद गम्भीर अवस्थामा नरहेको पनि स्पष्ट पारे । 

उनले संसद सचिवालयमा कार्यरत अरु १५ जना कर्मचारीमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको बताए । 

जाम्बियामा पछिल्लो २४ घण्टामा १५४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै देशभरी कुल संक्रमितको सङ्ख्या तीन हजार ८५६ पुगेको छ ।  

कोरोनाभाइरसकाका कारण जाम्बियामा शुक्रबारसम्म ८३५ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ