arrow

तान्जेनियाका पूर्व राष्ट्रपति बेन्जामिनको निधन

logo
एएफपी,
प्रकाशित २०७७ साउन ९ शुक्रबार
tanjenia.JPG

दार एस सलाम । तान्जेनियाका पूर्व राष्ट्रपति बेन्जामिन एमकापाको शुक्रबार निधन भएको छ । 

पूर्वी अफ्रिकामा शान्ति स्थापनाका लागि महत्वपूर्ण योगदान गरेका नेताका रुपमा चिनिका बेन्जामिनको ८१ बर्षको उमेरमा निधन भएको हो ।  

सरकारी अधिकारीहरुले उनको दार एस सलाम अस्पतालमा निधन भएको शुक्रबार घोषणा गरेको हुन् ।

तान्जेनिया बेलायतबाट सन् १९६२ मा स्वतन्त्र भएपछि उन तेस्रो राष्ट्रपति हुनुभएको थियो । सन् १९९५ देखि २००५ सम्म दुई कार्यकाल उनले राष्ट्रपतिको रुपमा राष्ट्रको नेतृत्व गरेका थिए ।

“मैले तान्जेनियाका तेस्रो राष्ट्रपति बेन्जामिन एमकापाको निधन भएको खबर सुनेर निकै दुःखी भएको छु, यो हामी र हाम्रो मुलुकका लागि ठूलो क्षति हो,” राष्ट्रपति जोन मागुफुलीले टेलिभिजनमार्फत दिएको छोटो सन्देशमा भन्नुभएको छ । 

उनको निधन हुनुको कारण भने केही नदिइएको समाचारमा जनाइएको छ । सन् १९३८ मा देशको दक्षिण पूर्वी क्षेत्रमा पर्ने एमट्वारामा उनको जन्म भएको थियो । 

उनले युगाण्डाबाट अङ्ग्रेजीमा स्नातकोत्तर गरेका थिए भने पत्रकारको रुपमा काम गरेका थिए । त्यसपछि राष्ट्रपति जुलियस न्येरेरेको प्रेस सल्लाहकार हुँदै राष्ट्रपतिसम्म भएका थिए  । 

उन धेरै पटक अन्य राजनीतिक नियुक्तिका जिम्मेबारीमा पनि रहेका थिए । उनले विदेश मन्त्री, सूचना तथा सञ्चारमन्त्रीसमेतको जिम्मेवारी सम्हालेका थिए । राष्ट्रपति बन्नुपूर्व उनले अमेरिकाका लागि तान्जेनियाको राजदूतका भई जिम्मेवारी सम्हालेका थिए । 

उन राष्ट्रपति भएको बेला देशको आर्थिक पुनर्संरचना, आर्थिक बृद्धि, उदारवादलगायतका क्षेत्रमा ठूलो परिवर्तन र विकास भएको मानिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ