arrow

संक्रमण बढेका यूरोपेली मुलुकमा कर्फ्यू लगाउन डब्लुएचओको जोड

logo
प्रकाशित २०७७ साउन १० शनिबार
spain-corona-virus.jpg

कोपेनहेगन । युरोपेली मुलुकहरुमा कोरोनाभाइरसको संक्रमण थप फैलिएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले चिन्ता व्यक्त गरेको छ । 

डब्लुएचओको युरोप शाखाले शुक्रबार चासो देखाउदै संक्रमण बढेका मुलुकहरुमा निधेषात्मक व्यवस्थालाई अबलम्बन गर्नुपर्नेमा पनि जोड दिएको छ ।   

गत बिहीबारसम्ममा युरोपमा ३० लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी मृतकको संख्या पनि बढीरहेको उनीहरुको भनाइ छ । यूरोपेली राष्ट्रहरू फ्रान्स, जर्मनी, बेलायत, स्पेन र इटली केहीसमय पहिलेसम्म अत्यधिक प्रभावित मुलुक रहेको भएपनि ती मुलुकहरूमा पछिल्लो समयमा संक्रमण घट्दो क्रममा रहेको देखिन्छ । यद्यपि महामारी नियन्त्रणमा नै आइसकेको भने होइन । 

पूर्व सोभियत संघबाट छुट्टिएर स्वतन्त्र बनेको किर्गिजस्थान कोरोनाको महामारीबाट सवैभन्दा बढी ग्रसित भएको छ । त्यसैगरी मोन्टेनेग्रो, लक्जेम्वर्ग, बोस्निया हर्ज गोभिना, सर्बिया, रोमानिया र बुल्गेरिया पनि धेरै प्रभावित देशमा पर्दछन् ।

डब्लुएचओकी एक जना प्रवक्ताले भने, “पछिल्लो समय कतिपय देशहरुमा संक्रमितहरुको सङ्ख्या झन झन बढेको छ, भौतिक दूरी कायम गर्नेलगायतका आधारभूत स्वास्थ्य सतर्कता अपनाउनु पर्ने आवश्यकता देखिएको छ ।” 

गत मे २० देखि युरोपभरि दैनिक औषत २० हजार जना संक्रमितहरु थपिने गरेको पनि उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ