arrow

दक्षिण अफ्रिकाका विद्यालय र क्याम्पसहरु बन्द गर्ने घोषणा

logo
एएनआई,
प्रकाशित २०७७ साउन १० शनिबार
south-africa-map.jpg

जोहानस्वर्ग। दक्षिण अफ्रिकाको सरकारले यहाँका विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने घोषणा गरेको छ। यहाँ कोरोना भाइरसको महामारी बढ्दै गएपछि यहाँका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरिएको हो। शुक्रबार सोसम्बन्धी आदेश दक्षिण अफ्रिकाका राष्ट्रति सिरिल रामाफोसाले दिएका हुन्।

यहाँ यही जुलाई २७ तारिखदेखि अगष्ट २४ तारिखसम्म विद्यालय र विश्वविद्यालयहरु बन्द गर्ने आदेश जारी गरिएको अधिकारीहरुले समाचारमा जनाएका छन्। दक्षिण अफ्रिकामा जुलाई १२ यता देखिको तथ्यांकमा हेर्दा कोरोना भाइरसका १ लाख ३० हजार जनामा यो संक्रमण देखिएको बताइएको छ।

यहाँ आजसम्ममा ४ लाखभन्दा बढीमा यो संक्रमण फैलिएको पाइएको छ। यहाँ दिनप्रतिदिन यसका संक्रमितहरु देखिएकोले विद्यालय, विश्वविद्यालयहरु बन्द गराइएको बताइएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ