arrow

भियतनामद्वारा वन्यजन्तुको आयातमा प्रतिबन्ध 

logo
एपी,
प्रकाशित २०७७ साउन १० शनिबार
wuhan-meat-band.jpg

हनोई। भियतनामले मासुको प्रयोजनका लागि हुने वन्यजन्तुको आयातमा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ। कोरोनाभाइरसजस्ता जनावरबाट मानिसमा सर्ने सङ्क्रामक रोगबाट हुने खतराप्रति चासो देखाउँदै वन्यजन्तु बजार बन्द गर्ने निर्णय लिएको सरकारी अधिकारीहरूले बताएका छन् । 

बिहीबार प्रधानमन्त्री नुग्येन जुआन फुकले हस्ताक्षर गरेको आदेशमा मृत वा जीवित कुनै पनि वन्यजन्तुहरूको आयातमा प्रतिबन्ध लगाइएको जनाइएको छ । प्रतिबन्धमा पंक्षीका फुल र लार्भासमेत समावेश हुनेछन् । आदेशमा यदि आदेशको उल्लङ्घन गरेको भेटिएमा वन्यजन्तु व्यापारमा सम्लग्नलाई अपराध कानून बमोजिम कडा सजाय हुने बताइएको छ ।

भियतनाम वन्यजन्तु उत्पादनहरूका लागि लोकप्रिय गन्तव्य हो । प्रायजसो लोपोन्मुख प्रजातिहरूको परम्परागत चिकित्सा वा विदेशी खाना तयार गर्नका लागि भियतनामले वन्यजन्तुको ठूलो मात्रामा आयात गर्ने गरेको छ । 

विश्वले कोभिड–१९ विरूद्धको लडाई लडिरहेका समय जनावरबाट मानिसमा सर्ने सङ्क्रामक रोग नियन्त्रणका लागि यो कदम लिइएको अधिकारीहरूले बताएका छन् । 

‘ह्युमानु सोसाइटी इन्टरनेशनल’ भियतनामका कन्ट्री निर्देशक फुंग थामले सरकारी निर्णयबारे भन्नुभयो, भियतनामका केही स्थानमा वन्यजन्तु बजारका कारण ठूलो समस्या रहेको छ । यसलाई अन्त्य गर्ने सरकारको प्रयास प्रसंशनीय छ ।

“वन्यजन्तुहरूबाट तयार हुने खानाप्रति यस्तो तीव्र वासना केवल यी प्रजातिहरूको अस्तित्व नै खतरामा पार्ने मात्र छैन । यसले कोरोनाभाइरसको प्रकोपलाई थप जटिल बनाउन सहयोगी देखेर सरकारले यो निर्णय गरेको छ । त्यसैले यो प्रतिबन्ध छिट्टै फुकुवा हुन सक्दैन,” थामले भन्नुभयो । 

“नयाँ निर्देशन र वन्यजन्तुको आयात अन्त्य गर्ने कामले जङ्गली जीवनको संरक्षणवादीहरूले वर्षौंदेखि घरेलु बजारमाथिको प्रतिबन्ध लगाउन गरेका सिफारिसहरूको प्रतिफल हो,” स्टिभ गाल्स्टरले भन्नुभयो । 

उहाँले कोभिड–१९ को महामारीका कारण हजारौँ सङ्क्रमित बने पनि महामारी रोक्ने एक उपायस्वरूप वन्यजन्तुको आयात तथा व्यापारमा सरकारले लगाएको प्रतिबन्ध एउटा राम्रो सुरूवात भएको र आगामी दिनमा यसले थप गति लिने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले थप्नुभयो, “निर्देशन पूर्ण छैन किनकि अझै पनि अपवादमा जंगली जनावरहरुको व्यापार जारी गर्न को लागि अनुमति दिनेछ, तर यो एक राम्रो सुरुवात हो र आशा छ कि समयसँगै थप मजबूत बन्नेछ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ