arrow

बोल्सोनारोका सहयोगीहरूको ट्विटर र फेसबुक खाता बन्द

logo
एएफपी,
प्रकाशित २०७७ साउन १० शनिबार
jair-bolsonaro-brazil-president.jpg

रियो दि जेनेरियो। राष्ट्रपति जाइर बोल्सोनारोका सहयोगीहरूले गलत सूचना प्रबाह गरी अदालतको मानमर्दन गर्न खोजेको आरोप लगाउँदै अदालतले छानबिनको लागि अवरुद्ध गर्ने आदेश दिएपछि सामाजिक सञ्जाल ट्वीटर र फेसबुकले उनीहरूका खातालाई बन्द गरिदिएको छ।

दक्षिणपन्थी नेता बोल्सोनारो र अदालतबीच बढेको तनावबीच राष्ट्रपतिका निकटस्थ सदस्यहरूले अदालतलाई बदनाम गर्नका लागि सामाजिक सञ्जालमार्फत अभियान चलाएको आरोप छ । यसले अदालत र न्यायाधीशहरुलाई बदनाम गराएको भन्दै ती सामाजिक सञ्जालका खाताहरू बन्द गर्न उक्त अदालतले आदेश दिएको थियो। 

दुबै अमेरिकी सामाजिक सञ्जालका विज्ञहरूले पनि उनीहरूको प्लेटफर्ममा घृणायुक्त बोली र गलत जानकारीको बिरूद्ध बढी आक्रामक अभिव्यक्तिहरू आएका कारण बन्द गर्न दवाव परेको बताएका छन्।

न्यायाधीश अलेक्जान्ड्रे डे मोराइसले गत मे महिनाको सुरूमा गरेको आदेश भनिएको थियो, “ राष्ट्रपतिका निकटमा रहेका केही व्यक्तिहरूले अदालतको बिरूद्ध सामाजिक सञ्जालको दुरूपयोग गर्दै ‘भूट्टा समाचार, अपमानजनक आरोप, धम्की र अपराध’ गरेको पाइएकोले तिनीहरूलाई रोक्न खाताहरुलाई बन्द गनुपर्छ। 

बन्द गरिएका खाताहरूमा अनुदारवादी पूर्व सांसद रोबर्टो जेफरसन, ख्यातीप्राप्त व्यवसायी लुसियानो ह्याङ तथा दक्षिणपन्थी समूह निकट मानिने अधिकारकर्मी सारा विन्टर रहेका छन्। ब्राजिलमा उनीहरूको फेसबुक र ट्विटर पृष्ठहरूमा आगन्तुकहरूले उनीहरूको सन्देशहरू देख्न सक्ने छैनन् र ती सामाजिक सञ्जालहरूमा उनीहरूको खाता रोकिएको देखिने छ। यद्यपि ती सन्देशहरू अन्य मुलुकमा भने देख्न सकिने छ। 

फेसबुकले उनीहरूले लेखेका सन्देश खोल्दा ‘उक्त विवरण उपलब्ध नभएको’ जानकारी दिएको छ। त्यस्तै ट्वीटरले कानूनी माग अनुसार ‘ब्राजिलमा उक्त खाता रोक्का गरिएको’ उल्लेख गरेको छ। 

अवरुद्ध खाताहरूका अधिकारीहरू खाता रोक्का गरिएकोमा क्रुद्ध बनेका छन्। विन्टरले अदालतको आदेशलाई ‘तानाशाही’ कदमको सज्ञा दिएका छन् भने जेफरसनले नाजी जर्मनीसँग तुलना गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ