arrow

भारतमा दैनिक ५० हजारको हाराहारीमा कोरोना भाइरस संक्रमित 

logo
प्रकाशित २०७७ साउन ११ आइतबार
corona-india1.jpg

काठमाडौं । भारतमा दैनिक ५० हजारको हाराहारीमा कोरोना भाइरसका संक्रमितहरु बढ्दै गइरहेका छन् । शनिबार ४८ हजार ४७९ जना संक्रमित थपिएका छन् ।

शुक्रबार ४८ हजार ८९२ तथा बिहीबार ४८ हजार ४४६ जना संक्रमित थपिएका थिए । 

अहिलेसम्म भारतमा कोरोना भाइरस संक्रमित १२ लाख ८५ हजार ४९४ जना पुगेका छन् । मृतक ३२ हजार ९६ पुगेका छन् । शनिबार ६९२ जनाको ज्यान गएको छ । 

निको हुनेको संख्या ८ लाख ८६ हजार २३५ पुगेको छ । शनिबार ३६ हजार १२७ जनालाई निको भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ