arrow

चीनमा कोरोना भाइरस संक्रमित निरन्तर थपिए, यस्तो छ एक हप्ताको आँकडा

logo
प्रकाशित २०७७ साउन ११ आइतबार
corona-china1.jpg

काठमाडौं । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वभरमै ठूलो संकट निम्याएको छ । यो संकट समाधान हुन वर्षौं लाग्ने दावी गरिएको छ । 

हाल विश्वमा एक करोड ६२ हजार ३२६ जनालाई संक्रमण भएको छ । ६ लाख ४८ हजार ४४० जनाको ज्यान गएको छ । ९९ लाख १३ हजार ७२ जनालाई निको भएको छ । 

चीनमा कोरोना निर्मुल भएको दावी गरिएको थियो । तर पछिल्लो समय निरन्तर संक्रमितहरु थपिँदै गएका छन् । 

अहिलेसम्म ८३ हजार ८३० जना संक्रमित भएका छन् । ४ हजार ६३४ जनाको ज्यान गएको छ । निको हुनेको संख्या ७८ हजार ९०८ रहेको छ । 

हाल भने मात्र २८८ जना संक्रमित रहेका छन् । जसमा २८२ जनाको अवस्था सामान्य छ भने ६ जना गम्भीर छन् । 

चीनमा कोरोनाले ९४ प्रतिशतलाई निको भएको छ भने ६ प्रतिशतको ज्यान गएको छ । 

एक हप्तामा कति बढे ? 
कोरोना संक्रमितहरु चीनमा थपिँदै गएका छन् । आइतबार (२६ जुलाई) मा ४६ जना नयाँ संक्रमित थपिएका छन् । 

शनिबार (२५ जुलाई) मा ३४ जना थपिएका थिए । शुक्रबार (२४ जुलाई) मा २१ जना थपिएका थिए । 

२३ जुलाईमा २२ जना थपिएका थिए । २२ जुलाईमा १४ जना, २१ जुलाईमा ११ र २० जुलाईमा २२ जना थपिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ